चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण « Khabarhub

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लण्डन– चार्ल्स  तृतीयले वेस्टमिनिस्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् । उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिएका हुन् । 

राजा चार्ल्स  तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् ।  यसअघि चार्ल्स  द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए । 

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएका थिए ।  सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहिर्‍याइदिएका थिए ।

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो । वेस्टमिन्स्टर एबीमा बिम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्छस् तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए । 

समारोहमा मुस्लिम, यहूदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले वाचन गरेका थिए । उनी हिन्दु हुन् ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स  बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उनीहरूको स्वागत गरेको थियो ।  सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि बिहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जाने छन् । 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ७ : ०६ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको