विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम « Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज वैशाख २३, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार मे ६, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

चार्ल्स तृतीयले वेस्टमिनिस्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गरेका छन् । उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिएका हुन् ।

राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुन् । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएका थिए । सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहिर्‍याइदिएका थिए ।

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो । वेस्टमिन्स्टर एबीमा बिम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्छस् तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।

समारोहमा मुस्लिम, यहूदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले वाचन गरेका थिए । उनी हिन्दु हुन् ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उनीहरूको स्वागत गरेको थियो । सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि बिहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जाने छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिएका छन् । उनले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उनीहरूप्रति सद्भाव व्यक्त गरेका छन् 

लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भनेका छन् ।

राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गरेका छन् । अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित बधाई सन्देशमा भनेका छन्, ‘यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ ।’

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताएका थिए । 

नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ ।

बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिएका थिए ।

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा

युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ । उक्त गोलीकाण्डमा धेरैको मृत्यु भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ।

साथै शान्ति र स्थिरतालाई कमजोर तुल्याउँने हरेक प्रकारका हिंसा र आतंकवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।

पाकिस्तानी एयरलाइन्सले बेइजिङको भाडा ३० प्रतिशतले घटायो
पाकिस्तान इन्टरनेशनल एयरलाइन्स ९पीआईए० ले दुबै देशका यात्रुलाई सुविधा दिने उद्देश्यले बेइजिङको हवाई भाडा ३० प्रतिशतले घटाएको छ ।

पीआईएका प्रवक्ताले शनिबार दिएको जनाकारीअनुसार विद्यार्थी र व्यवसायीको बारम्बारको आग्रहलाई ध्यानमा राखेर कम्पनीले भाडा घटाएको पीआईएका प्रवक्ता अब्दुल्लाह हफिज खानले बताएका छन् ।

‘बेइजिङका लागि उडान पुनः शुरु गरेपछि ठूलो सङ्ख्यामा विद्यार्थी र व्यवसायी चीन पुगेका छन् । उनीहरूले पीआईएलाई कोभिड–१९ को पूर्वटिकट मूल्यमा भाडा समायोजन गर्न बारम्बार अनुरोध गरेका त थिए त्यसैले हामीले द्विपक्षीय यात्रालाई सहज बनाउन यो गर्यौंक,’ खानले भने ।

गत वर्षको डिसेम्बरयता हवाई भाडा २३ प्रतिशत र पछि २७ प्रतिशतले घटाइएपछि विद्यार्थीले भाडामा तेस्रो पटक छुट पाउने भएका छन् ।

स्टेट बैंक अफ पाकिस्तानले जनाएअनुसार पाकिस्तानी रुपैयाँ अमेरिकी डलरको तुलनामा फेब्रुअरी २०२० देखि ८४ प्रतिशतले अवमूल्यन भएको छ जसले हवाई भाडा अकासिएको छ ।

पाकिस्तानी विदेशमन्त्री आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता : एस जयशंकर

भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्ना पाकिस्तानी समकक्षी बिलावल भुट्टो जर्दारीलाई ‘आतंकवाद उद्योगको प्रवर्द्धक र प्रवक्ता’ को संज्ञा दिएका छन् ।

सांघाई सहयोग संगठनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन भारतको गोवा पुगेका पाकिस्तानी विदेशमन्त्रीलाई जयशंकरले यस्तो संज्ञा दिएका हुन् ।

एस जयशंकरले भने, ‘भुट्टो जर्दारी एससीओ सदस्य देशको विदेशमन्त्रीको रूपमा आएका थिए, यो बहुपक्षीय कूटनीतिको हिस्सा हो र हामीले योभन्दा बढी केही देख्दैनौं ।’

आतंकवादविरुद्ध सामूहिक सामना गर्नेबारे पाकिस्तानी विदेशमन्त्रीको आह्वानमा उनले भने, ‘आतंकवादका पीडितहरू आतंकवादको बारेमा छलफल गर्न बसेका छन्, उनीहरु पीडकहरूसँग बस्दैनन् ।’ उनले जम्मु कश्मीर भारतको हिस्सा रहेको समेत बताए ।

सन् २०१४ पछि भारतमा पाकिस्तानबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण हो ।

एअर इण्डियाको विमानमा सवार यात्रुलाई बिच्छीले डस्यो

एअर इण्डियाको विमानमा सवार एक यात्रुलाई बिच्छीले डसेको छ । नागपुरबाट मुम्बईका लागि उडान भरेको एअर इण्डियाको विमानमा सवार एक जना महिला यात्रुलाई बिच्छीले डसेको हो ।

गत अप्रिल २३ मा घटना भएको एअर इण्डियाले पुष्टि गरेको छ । बिच्छीले डसेका यात्रुलाई उपचार गरिएको र हाल उनी खतरामुक्त रहेको कम्पनीले जानकारी दिएको छ ।

बेलाबेला उडिरहेको विमानभित्र मुसा, चराजस्ता जन्तु फेला पर्ने गरेको समाचार सार्वजनिक हुँदै आएको भएपनि बिच्छीले कुनै यात्रुलाई डसेको घटनालाई निकै दुर्लभ मानिन्छ ।

‘अप्रिल २३ मा एआई ६३० फ्लाइटमा बिच्छीले एक जना यात्रुलाई डसेको निकै दुर्लभ र दुःखद घटना भएको छ ।’ एअर इण्डिाका प्रवक्तालाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

घटनापछि इन्जिनियरको टोलीले उक्त विमानको चेकजाँच गरेको जनाइएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा बाढी र पहिरोका कारण १ सय जनाभन्दा धेरैको मृत्यु

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोको किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा धेरैको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सोबारे जानकारी दिएका हुन् ।

उनले नजिकैको किभु तालको किनारबाट शव संकलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझबाट सुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् ।

त्यसैगरी पहिरोले सयौं घरहरू ध्वस्त भएका छन् । विपत्तिका कारण ठूलो धनजनको क्षति पनि भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाको भनाइ छ ।

अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त
मेरिकी सेनाको लडाकु विमान शनिबार दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।

तर दुर्घटनामा कुनै हताहती भने नभएको योनहाप समाचार संस्थाले जनाएको छ । एफ(१६ लडाकु विमान राजधानी सियोलबाट करिब ७० किलोमिटर दक्षिणमा रहेको प्योङटेकमा स्थानीय समय अनुसार बिहान ९स्३१ बजे खेतबारीमा दुर्घटनाग्रस्त भएको थियो।

युनाइटेड स्टेट्स फोर्सेस कोरियाको प्रमुख सैन्य अड्डा रहेको शहर हो। दुर्भाग्यपूर्ण लडाई विमानमा सवार एक पाइलट दुर्घटना हुनु अघि भागेका थिए।

लडाकु विमानको अधिकांश भाग जलेको छ। घटनास्थल नजिक कुनै घर लगायत अन्य संरचना नभएकाले अरु कुनै क्षति नभएको प्रहरी अधिकारीले बताएका छन् ।

युएईले सुडानमा सहायता सामग्री पठायो

संयुक्त अरब इमिरेट्स (युएई) ले सुडानमा सहायता सामग्री पठाएको छ । युएईले द्वन्द्वबाट प्रभावित हजारौं परिवारलाई तत्काल सहयोग प्रदान गर्न इमिरेट्स एयरलाइन्समार्फत ३० टन आधारभूत खाद्य सामग्रीको पहिलो खेप सुडान पठाएको हो ।

युएईको राहतले वर्तमान परिस्थितिको कारण मानवीय पीडालाई कम गर्ने अपेक्षा गरिएको छ । सुडानमा जारी द्वन्द्वले आधारभूत सेवाहरूको गम्भीर अभाव निम्त्याएको छ । यस कारण सुडानमा जनङ्ख्याको ठूलो भाग, विशेषगरी बिरामी, बच्चाहरू, वृद्धहरू र महिलाहरूलाई खाद्य अभाव भएको छ ।

द्वन्द्व सुरु भएयता सुडानमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत प्याकेज हो ।

दक्षिणी यमनमा सडक किनारमा भएको बम आक्रमणमा परी २ सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त अब्यानमा शुक्रबार सैनिक एम्बुलेन्सको छेउमा सडक किनारमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको एक सुरक्षा अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

स्थानीय अधिकारीले नाम नभन्ने शर्तमा बताएअनुसार अल–कायदा लडाकुसँगको झडपमा घाइते भएका यमनी सरकारी सेनाका सिपाहीलाई बोकिरहेको एमबुलेन्समाथि बम विस्फोट गराएको थियो ।

विगत केही हप्तामा अब्यानमा सडक किनारमा भएका बम आक्रमणको यो पछिल्लो घटना हो । यमनका अधिकारीले यमनमा रहेको अल–कायदा इन अरेबियन पेनिन्सुला ढएक्यूएपीण आक्रमणको पछाडि रहेको आरोप लगाएका छन् ।

यसलाईलाई अल–कायदाको सबैभन्दा खतरनाक शाखाको रूपमा लिइन्छ र यमनमा वर्षौंदेखि यो सक्रिय छ । यो समूहले यमनको गृहयुद्धको नाजायज फाइदा उठाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ८ : ०० बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको