भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप, ५४ जनाको मृत्यु « Khabarhub

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप, ५४ जनाको मृत्यु


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार ५४ पुगेको छ । जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ ।

अधिकारीहरूले इन्टरनेट ब्ल्याकआउट लागू गरे र अशान्ति नियन्त्रण गर्ने प्रयासमा ‘चरम अवस्थामा’ गोली हान्ने आदेश जारी गरेका छन् ।

भारतका कानुनमन्त्री किरेन रिजिजुले शनिबार पत्रकारसँग कुरा गर्दै केही दिनयता चलेको झडपमा धेरैको ज्यान गएको र सम्पत्तिमा क्षति पुगेको बताएका छन् ।

इन्टरनेट बन्द गरिएका कारण मणिपुरबाट सूचना प्रवाहमा बाधा पुगेको छ र पछिल्लो झडपको विवरण पाउन कठिन भएको छ ।छिमेकी राज्य नागाल्याण्डमा रहेको भारतीय सेनाको एक टुकडीले हिंसाबाट बच्न १३ हजार मानिसले शरण लिएको जनाएको छ ।

राज्यका उच्च प्रहरी अधिकारीले दङ्गाकारीहरूले प्रहरी चौकीहरूबाट हातहतियार र गोलाबारुद चोरेको चबताएकोे केही घण्टापछि शुक्रबार राति फेरि हिंसात्मक झडप भएपछि स्थिति तनावपूर्ण बनेको थियो ।

राज्यको राजधानी इम्फाल र थप दक्षिणमा रहेको चुराचन्दपुर जिल्लामा रहेका अस्पतालका मुर्दाघरमा झडपमा मृत्यु भएका जम्मा ५४ जनाको शब राखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

“सोह्र शव चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा राखिएको छ भने १५ शव इम्फाल पूर्वी जिल्लाको ‘जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेस’मा राखिएको छ,” प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले स्रोतमा नाम उल्लेख नगरिकन एक स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ ।इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रिय अस्पताल ‘रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ले २३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

मणिपुरका प्रहरी महानिर्देशक पी। ढुङ्गेलले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सुरक्षा बलले स्थितिलाई नियन्त्रणमा लिइरहेको बताउनुभएको छ ।सुरक्षा बल र मणिपुर सरकारले यस हप्ताको हिंसामा मृत्यु हुनेको आधिकारिक विवरण सार्वजनिक गरेका छैनन् ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १० : ०० बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ