'लामो समय पिसाब रोक्दा मिर्गौलालाई असर गर्छ’ | Khabarhub Khabarhub

‘लामो समय पिसाब रोक्दा मिर्गौलालाई असर गर्छ’


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मिर्गौलाको माध्यबाट शरीरमा रहेको विकार पदार्थ बाहिर निकाल्ने प्राकृतिक प्रक्रिया भनेको नै पिसाब हो । हामी जो कोहीलाई पनि पिसाब लागेको महसुस भएको केही मिनेटमा नै फाल्ने गर्नु पर्दछ । पिसाब थैली भरिनेबित्तिकै स्नायु प्रणालीले त्यसको सङ्केत मस्तिष्कमा पुर्‍याउने भएकाले पिसाब फेर्न मन लाग्ने हुन्छ । थोरै समय पिसाब रोक्दा पनि सङ्क्रमणको सम्भावना धेरै हुने चिकित्सकहरू बताउँछन् । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता भनेको २०० देखि ३०० मिलिमिटरसम्मको हुन्छ । त्यो थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । तर, यो समयमा रोकियो भने धेरै समस्या निम्तिनसक्ने चिकित्सकले बताएका छन् । पिसाब रोक्दा कस्तो समस्या देखा पर्दछ ? यो समस्या समाधानको लागि हामीले के गर्न सक्छौँ ? र यस्ता कुनै समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने ? यसै विषयमा आधारित रहेर खबरहबले मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेसँग गरेको कुराकानीको सम्पादित अंश :

पिसाब रोक्दा मानव शरीरमा के कस्तो असर देखा पर्छ ?
पिसाब रोक्दा सबै मान्छेहरूलाई समस्या नै हुन्छ भनेर भन्न सकिँदैन । कोही कोही मान्छेमा समस्या हुने हो । कोही मान्छेले जति बढी समय पिसाब रोकेर राख्छ, उसको पिसाब थैलीमा त्यति नै बढी ब्याक्टेरिया विकसित हुन्छन् र जोखिमको कारण बन्न सक्छ । पिसाब रोक्ने समय उमेर अनुसार फरक पर्छ ।

यो समस्या त्यस्ता मान्छेलाई मात्र देखिन्छ, जसलाई पिसाबमा इन्फेक्सन छ, छिटो छिटो पिसाब फेर्नु परेको छ, र पत्थरी हुनसक्ने सम्भावना भएको मानिसहरूलाई देखिन्छ । यस्तो समस्या भएको मान्छेले लामो समयसम्म पिसाब रोक्यो भने चाहिँ त्यसले पत्थरी बन्न सजिलो हुन्छ ।

सुगरको समस्या भएका मानिसमा पनि समयमै वा पिसाब आउने बित्तिकै फेर्‍यो भने सरर जान्छ तर केही समय रोक्यो भने खुलेर सबै पिसाब जाँदैन । नेपालको सन्दर्भमा जहाँ पनि सुलभ र राम्रो शौचालयको ब्यवस्था नभएको कारण पनि मानिसहरू बाहिर कतै हिँड्नु पर्‍यो भने पानी नै खाँदैनन् यसले गर्दा लामो दूरीको यात्रा गर्ने मान्छेमा समस्या बढी देखिन्छ । पानीको कमी हुँदा पिसाब पोल्ने पिसाब फेर्दा दुख्ने सम्मका समस्याहरू देखा पर्छन् ।

एक पटक पिसाब रोकेपछि के कारणले पछि सबै खुलेर आउँदैन ?
पिसाबको थैलीबाट आउने एउटा पिसाबको थैली हुन्छ । त्यसलाई प्रोष्ट्रेट ग्ल्यान्डले थिचेर बसेको हुन्छ । कति जना मान्छेको आङ खसेर पिसाबको थैलीलाई थिचेर पनि बसेको हुन्छ । त्यसले गर्दा पिसाबको थैलीमा पिसाब जमेर बसेको हुन्छ । तर, यो जाँच नगरेसम्म बिरामीलाई थाहा हुँदैन । पिसाब खुल्दैन भन्दै बस्नुहुन्छ । कतिपय अवस्थामा यसका लागि पिसाब लाग्ने औषधि दिँदा पनि समय नै छैन, पिसाब गर्ने ठाउँ छैन । यो समस्या किन भइरहेको छ त ? लामो यात्रा बसमा गर्ने मानिसहरूमा समय समयमा यहाँ यहाँ बस रोक्ने भनेर टायम राखे शौचालय जाने व्यक्तिले सहजै प्रयोग गर्नसक्ने थिए । कोही पनि मानिसले १० मिनेट भन्दा धेरै पिसाब रोक्नु हुँदैन । तर हाम्रोमा ठाउँमा शौचालय नभएको कारणले धेरै समय पिसाब रोक्नु पर्ने बाध्यता छ । समयमा पिसाब नफेरे यसले मिर्गौलामा असर गर्दछ । पिसाब लागेको समयमा फेर्न पाउनु मानव अधिकार हो ।

पिसाबसम्बन्धी समस्या आयो भनेर घरमा नै कसरी थाहा पाउने ?
कोही मानिसहरू केही समस्या नआएसम्म अस्पताल जाँदैनन् तर पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब धमिलो आयो, पिप वा रगत आयो र पिसाब नै रोकियो भने अस्पतालमा पुग्छन् । हाम्रो बानी नै भइसकेको छ सामान्य अवस्थामा पिसाब पोल्दा पानी कम भयो र पानी खान्छु भनेर बस्छौँ । त्यसैले सामान्य केही परिवर्तन भयो कतै यो पत्थर बन्न लागेको हो कि, भोलि मिर्गौलामा समस्या आउन सक्ने सुरुवाती अवस्था हो कि, जबसम्म जाँच हुँदैन तबसम्म थाहा हुँदैन । त्यसैले पिसाबको थैलीको अल्ट्रासाउन्ड पिसाब को कल्चर र अल्ट्रासाउन्ड अफ युरीनरी ब्लाडरको परीक्षण गरेर थाहा पाउन सकिन्छ ।

पिसाब कति समयभन्दा धेरै रोक्यो भने असर गर्ने हो ?
पिसाबको थैलीमा पिसाब भरिनु नै पिसाबले च्याप्यो भन्नु हो । सुरुवाती अवस्थामा एक दुई पटक ३० मिनेटसम्म रोक्दा असर नगर्ला तर बारम्बार रोक्यो भने र बानी नै त्यस्तै बस्यो भने शरीरमा नकारात्मक असर पर्छ । समयमा पिसाब फेरिएन भने पछि गएर पिसाब गर्दा बल प्रयोग गर्नु पर्दछ । मिर्गौलाले बनाएको पिसाब बाहिर वा झर्न पाएन भने त्यसले मिर्गौलालाई असर गर्छ । उमेरका हिसाबले जवान मान्छेले घण्टौँसम्म रोक्न सक्ला । तर, वृद्धले नसक्ला । सहजै रोक्न सकेको राम्रो हो । तर धेरै नै समय रोकेर यो काम सकेर जान्छु, अलि खप्न सक्छु भन्नु राम्रो हैन । त्यसैले जबरजस्ती पिसाब रोक्दा भोलि गएर पिसाब थैलीले पिसाब निकाल्ने क्रममा ढिलो हुन्छ । जस्तो डाइबेटिज भएको व्यक्तिमा मिर्गौलाको साथसाथै पिसाबको थैली पनि कमजोर हुन्छ । त्यो पिसाबको थैलीमा पिसाब फेर्न सक्ने शक्ति नै हुँदैन ।

पिसाब सम्बन्धी कुनै पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
हाम्रो शरीरले फोहोर पदार्थ पिसाबका माध्यमबाट बाहिर फ्याल्छ । हामीले कति पानी खायो त्यति नै पिसाब जान्छ । त्यसैले जति धेरै पानी खायो त्यति नै पानी सहजै निस्किन्छ । त्यसैले प्रशस्त पानी पिउनुपर्छ । भिटामिन सीले भरपुर खानेकुरा सेवन खानाले पनि यस्तो समस्याबाट बच्न सकिन्छ । त्यसैगरी, पिसाब पोल्ने, गाह्रो हुने र दुख्ने लगायतका समस्या भए पानी धेरै पिउँदा पिसाबमा आउन सक्ने समस्याको ९० प्रतिशत समस्या समाधान हुन्छ । अंगुरको जुस, गाजर, अंकुरित गेडागुडी खाने । पिसाब पोल्ने, धमिलो आउने, गन्हाउने भयो भने तुरुन्त अस्पताल गएर जाँच गर्ने र औषधि खाने गर्नुपर्छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : १५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर