अवैध आप्रवासीलाई बेलायतमा कडाइ थालियो « Khabarhub

अवैध आप्रवासीलाई बेलायतमा कडाइ थालियो


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ।

जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन्। उनका अनुसार करदाताको पैसाबाट चल्ने होटेलको दबाब कम गर्न अवैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन्।

त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन्। यसमा लगभग १००० अवैध आप्राबासीलाई राख्न सकिनेछ।

अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूलाई अब जहाजमा राखिने जानकारी दिएका हुन्। उनका अनुसार अब बेलायती सरकारलाई गैरकानुनी रुपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएको छ। ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटेलबाट बाहिर निकाल्नेछौं, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने।

सुनकले स्थानीय समुदायको दबाब कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन्। उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : ०२ बजे

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद

रास्वपा निर्वाचित छ पदाधिकारीको शपथ कहिले ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारीले

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष