म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु « Khabarhub

म्याद सकिन लाग्दा बंशिलाघाटमा पुलको जग बनाउन सुरु


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

खोटाङ – म्याद सकिन लाग्दा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने बंशिलाघाटस्थित सुनकोसीमा पुल निर्माण सुरु गरिएको छ।

३३ महिने म्याद सकिन लाग्दा एम-एस कालिका–बेदांसी जेभी, काठमाडौंले बंशिलाघाटमा जेठ १९ गतेदेखि पक्की पुल निर्माण सुरु गरेको हो। ठेकेदारले आगामी २०८० असोजसम्म म्याद रहेको पुलको फाउण्डेसनको काम सुरु गरेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर प्रदीप भण्डारीले बताए। प्रदेश सांसद भुपेन्द्र राईको निरन्तरको खबरदारीपछि ठेकेदार मेसिन लिएर बंशिलाघाट पुगेका छन्। बंशिलाघाटमा केही दिनदेखि ठेकेदारले पुलको काम सुरु गरेको पौवासेराका वडाध्यक्ष फौदराज राईले बताए।

एम/एस कालिका–बेदांसी जेभीले ३३ महिनामा भ्याट र पिएस सहित १९ करोड १८ लाख ४१ हजार चार सयमा सक्ने गरी २०७७ पुस २८ गते पुलको ठेक्का सम्झौता गरेको थियो। तत्कालीन परराष्ट्र मन्त्री डा. नारायण खड्काले २०७९ पुस १ गते शिलान्यास गरेको पुलको काम हालसम्म ठप्प बनाइएको थियो।

पुल बनाउने स्थान केही तल सार्नुपर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ। पुलको पेटी ठेक्का लिएर सम्पर्कविहीन बनेको ठेकेदारलाई खोजेर पुल शिलान्यास गराइएको थियो। तर पुल शिलान्यासपछि पनि सो पेटी ठेकेदार भागेकाले मेन ठेकेदारलाई खोजेर निर्माणस्थलमा ल्याइएको प्रदेशसभा सदस्य राईले बताए। ‘निरन्तरको दबाब पश्चात् बंशिलाघाटको पुल निर्माण सुरु भएको छ,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हेरौँ, कसरी ढिला सुस्ती हुँदो रहेछ ! काम नगर्नेलाई काम पुर्‍याउन हामीलाई राम्रैसँग आउँछ।’

बंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोसी वारपार गर्ने व्यवस्था छ। बंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बने पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती भएको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १२ : ०३ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले