अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् ।

थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यसअघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । ‘परिषदको कामलाई नियमित र चुस्त बनाउन परिषदलाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो’, नेपाल तामाङ घेदुङका संघीय सहअध्यक्ष कुमार घिसिङले भने ।

नवनिर्वाचित महासचिव लामाले सम्मेलनले संसारभर  छरिएका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा जोड दिने बताए । 

‘सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ वटा फरक–फरक विषयगत समितिहरू बनाएको छ । अब ती समितिहरू विषय विज्ञहरूले नेतृत्व गर्नेछन् । छ महिनाभित्र विज्ञहरूको भेला गरी त्यो समितिहरू निर्माण गरिनेछ’, उनले भने ।

सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका), सचिवमा रामप्रसाद तामाङ (भारत), शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), बुदु माया योन्जन तामाङ (रोमानिया)  र कोषाध्यक्षमा हवाल चन्द्र लामा तामाङ (जपान)का निर्वाचित भएका छन् ।

एक्काईस वर्षअघि स्थापना भएको परिषदले अव पूर्णरुपमा अन्तर्राष्ट्रिय संगठनको मान्यताअनुसार काम गर्नसक्ने स्थितिमा पुगेको महासचिव लामाको भनाइ छ । सम्मेलनमा १७ सदस्यीय संस्थाहरूको प्रतिनिधिहरूको सहभागिता थियो ।

परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरूबाट सिफारिस हुनुपर्छ । हाल परिषदमा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया छन् ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  २ : ०० बजे

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ

लुम्बिनीमा बुद्ध जयन्तीको विशेष कार्यक्रम, प्रधानमन्त्री ओली पनि सहभागी हुने

लुम्बिनी– भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज मनाइँदैछ । प्रत्येक

पर्यटक लोभ्याउने मुस्ताङको ‘ढुम्बाताल’

मुस्ताङ– नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल आन्तरिक तथा बाह्य

आज चण्डी पूर्णिमा, उँभौली पर्व मनाइँदै

काठमाडौं–  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले