भारतीय रक्षामन्त्री सिंह र जर्मन समकक्षी पिस्टोरियसबीच वार्ता « Khabarhub

भारतीय रक्षामन्त्री सिंह र जर्मन समकक्षी पिस्टोरियसबीच वार्ता


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय रक्षामन्त्री राजनाथ सिंह र जर्मन समकक्ष बोरिस पिस्टोरियसबीच मंगलबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ ।

चार दिने भारत भ्रमणमा रहेका पिस्टोरियसलाई दिल्लीस्थित राजनाथ सिंहको उपस्थितिमा मानेकशा सेन्टरमा गार्ड अफ अनर दिइएको थियो । उनले राजधानीमा रहेको राष्ट्रिय युद्ध स्मारकमा माल्यार्पण समेत गरेका छन् ।

पिस्टोरियसले नयाँ दिल्लीमा इनोभेसन फर डिफेन्स एक्सिलेन्सद्वारा आयोजित कार्यक्रममा केही रक्षा विषय सम्बन्धी कार्यक्रममा सहभागी हुने सम्भावना रहेको रक्षा मन्त्रालयले जनाएको छ ।

भारत र जर्मनी बीचको द्विपक्षीय सम्बन्ध साझा लोकतान्त्रिक सिद्धान्तहरूमा आधारित छ र उच्च स्तरको विश्वास र पारस्परिक सम्मानद्वारा अगाडि बढेको भारतको विदेश मन्त्रालयका उल्लेख गरेको छ । दोस्रो विश्वयुद्धपछि जर्मनीसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो देश भारत हो।

आफ्नो भारत भ्रमण अघि जर्मन रक्षा मन्त्रीले रूसी हतियारहरूमा भारतको निरन्तर निर्भरता जर्मनीको हितमा नभएको उल्लेख गरेको जर्मन समाचार एजेन्सी ड्यूचे वेले जनाएको थियो ।

भ्रमणरत नेता पिस्टोरियसले भारतजस्ता साझेदारलाई सहयोग गर्न जर्मनी तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ३ : २१ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार