समुन्नत पालिका बनाउन युवामैत्री कार्यक्रम ल्याइनुपर्नेमा जोड « Khabarhub

समुन्नत पालिका बनाउन युवामैत्री कार्यक्रम ल्याइनुपर्नेमा जोड


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समुन्नत पालिका र यसमार्फत समुन्नत प्रदेशको विकासका लागि युवामैत्री पालिका निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् । उनले प्रदेश बागमती प्रदेशको युवा परिषद्ले प्रदेशका पालिकाहरूलाई युवामैत्री बनाउन आयोजित अभिमुखीकरण तालिममा यस्तो कुरा बताएकी हुन् ।

मन्त्री मोक्तानले  युवालाई आफ्नो गाउँको  विकासमा लगाएर विदेश पलायन रोक्नका लागि पनि पालिकालाई युवामैत्री बनाइनुपर्ने जनाइन् । उनका अनुसार स्थानीय युवामैत्री शासन निर्माण गर्दा उत्पादन पनि वृद्धि हुनेछ ।

प्रदेशका स्थानीय तहहरूबाट नगर वा गाउँपालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, प्रशासकीय अधिकृत, पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, खेलकुद हेर्ने कार्यपालिका सदस्यसहितलाई तालिम दिइएको परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाइँले जानकारी दिए ।

 उनका अनुसार कार्यक्रमको पहिलो दिन प्रदेश युवा नीति र कार्यक्रम, युवाको परिभाषा र विद्यमान कानुनी व्यवस्था र युवामैत्री स्थानीय शासनको अवधारणाबारे जानकारी गराइएको थियो । आज दोस्रो दिन स्थानीय शासनको सूचकहरुको विषयमा छलफल गरिएको उपाध्यक्ष चौलागाइँले जनाए ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले स्थानीय तहका हरेक नीतिगत तथा कार्यक्रमगत तहमा हुने गतिविधिमा युवामैत्री वातावरण निर्माण गर्न सकेमात्र त्यसले समग्र शासकीय प्रक्रिया तथा पद्धतिको गुणस्तर अभिवृद्धि हुने बताएकी छन् । उनले शासन प्रणालीमा युवाको अर्थपूर्ण सहभागिता र उनीहरूको नेतृत्वलाई सुनिश्चित गर्दै स्थानीय तहको नीति, संरचना, प्रणाली कार्यप्रक्रिया तथा व्यवहारमा उनीहरूको  संलग्नता सुनिश्चित गर्नका लागि युवामैत्री स्थानीय शासन आवश्यक रहेको बताइन् ।

परिषद्ले १३ जिल्लाको १५ पालिकालाई हेटौँडामा तालिम दिएको हो । तालिममा सहभागीले आ–आफ्नो पालिकालाई युवामैत्री बनाउन व्यवस्थित योजना बनाउनेछन् । प्रदेश र संघीय सरकारको साथ र सहयोगमा पालिकालाई युवामैत्री बनाउन कार्यक्रम प्रभावकारी भएको सहभागीको भनाइ थियो । 

अभिमुखीकरणले युवा लक्षित कार्यक्रम तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । युवाका मुद्दामा चाहेर पनि योजना बनाउन नसकेको उल्लेख गर्दै सहभागीले आगामी दिनमा युवालक्षित प्रभावकारी कार्यक्रम तयार पार्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ५ : ४४ बजे

अस्पताल भवन निर्माण अलपत्र

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने

आर्मेनियाली नरसंहारलाई मान्यता दिएको इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट

बाकु- इजरायलले पहिलो विश्वयुद्धका क्रममा आर्मेनियालीमाथि भएको हत्यालाई नरसंहारका रूपमा औपचारिक

स्वर्णीमको जवाफ- १२ वर्षकै सबैभन्दा अनुशासित बजेट ल्यायौँ, कार्यान्वयनमा शंका नगरौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले पछिल्लो १२ वर्षमा सबभन्दा अनुशासित

विष्णु पौडेलको हिरासत म्याद तीन दिन थप

काठमाडौं – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका  पूर्वअर्थमन्त्री विष्णु प्रसाद