अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति | Khabarhub Khabarhub

अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनको आपत्ति


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- अमेरिकी रक्षामन्त्रीको भनाइप्रति चीनले आपत्ति जनाएको छ । विश्वले ‘बेइजिङको धम्की र जबरजस्ती झेल्नु परेको’ रक्षामन्त्री लोयड अस्टिनको टिप्पणीप्रति चीनले आपत्ति जनाएको हो ।

भारत भ्रमणको क्रममा अमेरिकी रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफमा नयाँदिल्लीस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिया ओजियानले जबरजस्ती र आधिपत्यका लागि सबै प्रकारका उपाय अमेरिकाले अपनाउने गरेको बताएका छन् ।

उनले विश्वशान्ति र समृद्धिका लागि चीनको योगदान रहेको बताउँदै अमेरिकाको जबरजस्ती र दादागिरीका कारण विकासोन्मुख देश मात्र नभई उसका सहयोगी र साझेदारहरूसमेत मारमा परेका दाबी गरेका छन् ।

“वर्तमान चीन–भारत सीमा स्थिति समग्रमा स्थिर छ, सीमा मामिला चीन र भारत बीचको विषय हो, कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य छैन,” प्रवक्ता वाङले भनेका छन् ।

 सोमबार रक्षामन्त्री राजनाथ सिंहसँगको द्विपक्षीय बैठकपछि पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री अस्टिनले द्रुत रूपमा परिवर्तन भइरहेको विश्व र अन्तर्राष्ट्रिय चुनौतीको चर्चा गर्दा चीनमाथि त्यस्तो टिप्पणी गरेका थिए ।

उनले युक्रेन युद्धमा चीनको भूमिकाका साथै आतङ्कवाद र जलवायु परिवर्तनजस्ता अन्तर्राष्ट्रिय चासोका विषयमा चीनको भूमिकालाई लिएर आलोचना गरेका थिए ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : ५१ बजे

पहिरोले ५ दिनदेखि अवरुद्ध कोशी राजमार्ग

काठमाडौं– वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कोशी राजमार्ग ५

अझै कायमै छ ‘बालीघरे प्रथा’ 

भोजपुर– ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

दमौली– विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो ।

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर– प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री

हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

काठमाडौं– गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको