भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ बाट दर्जन बढी नेपाली सम्मानित « Khabarhub

भारतको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’ बाट दर्जन बढी नेपाली सम्मानित


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’बाट दुई दर्जन बढी नेपाली कलाकार, सञ्चारकर्मी तथा खेलाडीहरु सम्मानित भएका छन् ।

गत आइतबार काठमाडौमा सम्पन्न ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटा, वरिष्ठ मनोरञ्जन पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता तथा चलचित्र पत्रकार प्रकाश सुवेदी लगायतका नेपाली खेलाडी, कलाकर्मी, मेडियाकर्मीहरुलाई विशिष्ठ सम्मान प्रदान गरिएको हो ।

सांसद तथा व्यवसायी विनोद चौधरी मुख्य अतिथी रहेको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा बलिउडका सदाबहार कलाकार तथा चर्चित खतपात्र रञ्जित, ९० को दशकको चर्चित सिनेमा ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, दार्ह्रा सिंहका सुपुत्र विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी कार्यक्रमका मुख्य आकर्षण थिए ।

चलचित्र तर्फको विधामा भने अभिनेत्री प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स उत्कृष्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, बिजय बराल उत्कृष्ट हास्य कलाकार, दीपक शर्मालाई उत्कृष्ट संगीतकार अवार्ड, कमल राईलाई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डेलाई उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’लाई वेष्ट चलचित्र अवार्ड प्रदान गरियो ।

अवार्ड समारोहमा वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुसाल, सांसद विनोद चौधरी, अभिनेता तथा निर्देशक आकाश अधिकारी, भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

कार्यक्रममा कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराईलाई पत्रकारिता मार्फत् मनोरञ्जन क्षेत्रमा निरन्तर सेवाका लागि सम्मान गरिएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  १० : ४१ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले