नेपालमा लगानी गर्न इजिप्टका व्यवसायीको चासो « Khabarhub

नेपालमा लगानी गर्न इजिप्टका व्यवसायीको चासो


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले विशिष्ट भौगोलिक अवस्थिति, प्रचुर प्राकृतिक संशाधन एवं सीपयुक्त युवा जनशक्तिलगायत कारणले नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य रहेको बताएका छन् ।

नेपाली राजदूतावास र इजिप्टको ‘अरब वुमन्स इन्भेस्टर्स युनियन’ले बुधवार इजिप्टको राजधानी कायरोमा इजिप्ट उद्योगी व्यवसायीका लागि नेपालको व्यावसायिक एवं लगानी वातावरणबारे आयोजित प्रवद्र्धनात्मक कार्यक्रममा राजदूत लम्सालले इजिप्ट र नेपालबीच पर्यटन, कृषि उत्पादन, रासायनिक मल, ऊर्जालगायत क्षेत्रमा आपसी सहयोगको प्रशस्त सम्भावना रहेको बताए ।

नेपालको आर्थिक सम्भावना एवं वैदेशिक लगानीका अवसर र वातावरणका बारेमा चर्चा गर्दै राजदूत लम्सालले आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि दूतावास तत्पर रहेको बताए । उनले नेपालमा विद्यमान लगानीका अवसरबाट लाभ लिन उपस्थित उद्योग व्यवसायीलाई आग्रह गरेको त्यहाँस्थित दूतावासले जनाएको छ ।

अरब वुमन्स इन्भेस्टर्स युनियनकी अध्यक्ष डा. होडा यास्साले नेपाल इजिप्टका लगानीकर्ताका लागि नयाँ तर प्रशस्त सम्भावनायुक्त गन्तव्य भएकाले आगामी दिनमा द्विपक्षीय व्यापार र लगानी थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरिन् ।

इजिप्टको वर्तमान व्यावसायिक वातावरण तथा वैदेशिक लगानीको नीतिबारे प्रकाश पार्दै उनले पौने तीन अर्ब जनसङ्ख्याको बजारको निकट र विशालतम अर्थतन्त्रको साँधमा अवस्थित नेपाल लगानीका लागि उपयुक्त गन्तव्य हुने बताइन् ।

ट्राभल इजिप्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमिद सादिकले नेपाल इजिप्टका लागि भविष्यमा महत्वपूर्ण गन्तव्यकारुपमा विकास हुने सम्भावना रहेको धारणा व्यक्त गर्दै कायरो र काठमाडौँबीच सीधा हवाई उडानको आवश्यकता औँल्याए ।

कार्यक्रममा दूतावासका तर्फबाट नेपालको समग्र आर्थिक तथा लगानी नीतिबारे जानकारीसहित वैदेशिक लगानीका परियोजना तर्जुमा तथा सहजीकरण एवं लगानी स्वीकृतिलगायत विविध पक्षबारे प्रस्तुति गरिएको थियो ।

सो अवसरमा उद्योगी, व्यवसायी र सहभागी प्रतिनिधिले नेपालमा लगानीको सम्भावना भएका विभिन्न क्षेत्रबारे व्यक्तिगत र सामूहिकरुपमा उत्साहका साथ जिज्ञासा राखेका थिए ।

निजी तथा सार्वजनिक–निजी साझेदारीअन्तर्गत लगानीको विधि र प्रक्रिया, हालसम्म नेपालमा भएका ठूला लगानी परियोजना एवं लगानीयोग्य परियोजनाको सूचीबारे जानकारी गराइएको उक्त कार्यक्रममा उद्योगी व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित करिब ७० जना सहभागी भएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ७ : ३६ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको