आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले जारी गरेको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा, लौका, घिरौँला, पालूँगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ४२ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ५३ रुपैयाँ ४० पैसा  तोकिएको छ ।

यसैगरी, लोकल गाजर ९२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) र भेडे खुर्सानी ७५ रुपैयाँ, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसा, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसामा कारोबार हुँदा लाम्चो भन्टा र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, हाइब्रीड सेतो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी र तने बोडी १२५ रुपैयाँमा किनबेच भएको छ ।

मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११० रुपैयाँ, परवर, गान्टे मूला, चुकुन्दर र स्कुस ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै, पाकेको फर्सी ४३ रुपैयाँ ३३ पैसा, भिण्डी १०५ रुपैयाँ, रायोको साग, न्यूरो, हरियो प्याज, हरियो तरबुजा, लोकल नासपाती र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

कुरीलो २३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, कालो अंगुर ५७५ रुपैयाँ, भुई कटहर १९० रुपैयाँ, लोकल काक्रो ९२ रुपैयाँ, लोकल लिच्ची १४५ रुपैयाँ, किवि ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३०० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ८ : ११ बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो