सार्वजनिक सवारीका यात्रीबाट अमेरिकी डलर चोरी गर्ने चार जना पक्राउ « Khabarhub

सार्वजनिक सवारीका यात्रीबाट अमेरिकी डलर चोरी गर्ने चार जना पक्राउ


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंगलबार ललितपुरको ग्वार्कोमा अमेरिकी डलर चोरी भएको घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेका छन् ।

सार्वजनिक सवारीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ अमेरिकी डलर (९ लाख २३ हजार १ सय ५७ नेपाली रुपैयाँ बराबर) चोरी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमेरिकी डलर सटही गरिदिने मनी एक्सचेञ्जका सञ्चालक मंगललक्ष्मी श्रेष्ठसमेत चोरीमा संलग्न सञ्जिव तामाङ, आईतमान तामाङ, सविना तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका चारै जनालाई चोरीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  २ : १८ बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा