पार्टी विधानअनुसार चल्न नसकेको कांग्रेसका जिल्ला सभापतिहरुको धारणा « Khabarhub

पार्टी विधानअनुसार चल्न नसकेको कांग्रेसका जिल्ला सभापतिहरुको धारणा


२१ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका छन् ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बिहीबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उनीहरुले तल्लो तहमा पार्टीप्रति जनताको धेरै गुनासो गरेको र पार्टी विधि, विधानअनुसार चल्न नसकेको बताएका हुन् ।

अब बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबाट नागरिक केन्द्रीय अभियान सञ्चालन गर्नुपर्ने, सरकारमा जाने पार्टीका नेताहरुलाई जिम्मेवार बनाउनुपर्ने विषय छलफलमा आएको महामन्त्री थापाले बताए ।

उनले केन्द्रीय समितिपछि पार्टीलाई पार्टी विधि, विधानअनुसार सहज रुपमा चल्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा समेत सहभागीले जोड दिएको जानकारी दिए । कांग्रेस सरकारमा सहभागी भएकाले काम र परिणामबाट नागरिकको मत जित्नुपर्ने जिल्ला सभापतिहरुको भनाइ रहेको उनले बताए ।

छलफलमा २८ जना जिल्ला सभापतिको सहभागीता रहेको थियो । उनीहरुले सरकारको बजेटप्रति पनि असन्तुष्टि जनाएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ७ : २८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र