बाराको एक घरबाट १ सय ६८ किलो गाँजा बरामद « Khabarhub

बाराको एक घरबाट १ सय ६८ किलो गाँजा बरामद


२१ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको कोल्हवी नगरपालिका ५ सोनाभार टोलमा बस्ने जितेन्द्र चौधरीको घरबाट प्रहरीले लागूऔषध गाँजा १ सय ६८ किलो फेला पारेको छ ।

अवैध लागूऔषध गाँजा लुकाई राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उक्त परिणामको गाँजा फेला पारेको हो ।

चौधरीको घरमा कोही मानिसहरु नभएकोले स्थानीय जनप्रतिनिधी तथा स्थानीय मानिसहरूको रोहवरमा घर खानतलासी गर्दा घरको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध गाँजा १६८ किलो फेला परेको प्रहरीले जनाएको छ ।

उक्त गाँजा रितपूर्वक बरामद गरी ईलाका प्रहरी कार्यालय कोल्हबी बारामा राखिएको छ । घरधनी जितेन्द्र चौधरी लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोज तलास लगायतको अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार  ९ : २० बजे

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका

बादलले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं- नेकपा एमाले सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ द्वारा