भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’ « Khabarhub

भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।

सो अवसरमा पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले भूपू सैनिकले गरेको योगदानलाई नेपाल र भारत दुवैले सम्मान गर्नुपर्ने बताए । उनले भूपूसैनिकहरूले दुई देशको सम्बन्धलाई सुमधुर राख्नका लागि पुलको भूमिका खेलेको बताए ।

भारतको महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत नितेश कुमारले भूपू गोर्खा सैनिकलाई भारत सरकारले निरन्तर सम्मान गरिरहने बताए । दूतावासले पहिलोपटक सम्मानको कार्यक्रम आयोजना गरिएको जनाउँदै यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सम्मानित भएका भूपू सैनिकहरूले आफूहरूले गरेको योगदानको कदर गर्दै सम्मान गरेकामा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा डा. लक्ष्मीकान्त पाण्डे, धनबहादुर थापालगायतले बोलेका थिए । कार्यक्रम भूपू सैनिक कल्याणकारी क्लबका अध्यक्ष प्रेमबहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ०० बजे

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने

महानवमीमा सवारी साधनको पूजा

काठमाडौं- आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वका अवसरमा सवारी

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६