तनहुँमा उत्पादित कागतीखेतीले बजार पाएन | Khabarhub Khabarhub

तनहुँमा उत्पादित कागतीखेतीले बजार पाएन


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गरे ।

विदेशबाट फर्किएर कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने भावनासहित यो पेसामा लागेको छु, बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या भइरहेको छ ।’

पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन् । गत वर्ष पहिलोपटक ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् ।

‘उत्पादन लिन थालेको दुई वर्ष भयो, गत वर्ष ७० हजारको कागती बिक्री गरेँ । यस वर्ष सात सय किलो उत्पादन भएको छ’, उनले भने, ‘गत वर्षको कागती दमौली बजारमै बिक्री भए पनि यो वर्षको भने बजार समस्या देखिएको छ ।’ उनका अनुसार यो वर्ष उत्पादित कागती बिक्रीका लागि पोखरास्थित तरकारी बजारमा बुझ्ने काम भइरहेको छ ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको उनको भनाइ छ । उनले भने, ‘स्वदेशमै केही गरौँ भन्ने लक्ष्यसहित लागेको छु, बजार नपाउँदा निराश भए पनि आँट मारिसकेको छैन ।’

ठकुरीले गत वर्ष प्रतिकेजी ८० मा बिक्री गरेका थिए । यो वर्ष पनि सोही हाराहारीको लक्ष्य छ । ‘चितवनमा बुझ्दा किलोको ६० रुपैयाँ रहेछ, अलि थोरै भएपछि पोखरामा बिक्री गर्ने सोच बनाएको छु । सबैभन्दा बढी आउँदा एक सयसम्म पनि आएको छ’, उनको भनाइ छ ।

विसं २०६७ मा वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ठकुरी विसं २०७० मा स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि उहाँले आफ्नै २० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरेहा थिए । हालसम्म १५ लाख लगानी भइसकेको उनको भनाइ छ ।

उनको कागती बगैँचामा पाँच सय बोट छन् । कागतीखेतीका लागि आफूसहित बुवाआमा खटिएको उनले बताए । कागतीखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग भए पनि स्थानीय तहबाट सहयोग नपाएको उनले बताए ।

ठकुरीले कागतीको बजारीकरणका लागि बाटोको पनि मुख्य समस्या रहेको बताए। कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म मान्छेले बोकेर लैजानुपर्ने समस्या छ । उनले भने, ‘बाटो त छ गाडी जान सक्ने छैन, जसले गर्दा बोकाएर लैजानुपर्छ । कागतीले उचित मूल्य त पाएन नै बजार व्यवस्थापनमै खर्च हुन थाल्यो ।’

बाटोको समस्या समाधानका लागि गाउँपालिकालाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । उनले कृषिमा लागेका युवालाई स्थानीय तहले प्रोत्साहन नगरेको गुनासो गरे ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले ठकुरीले उत्पादन गरेका कागतीले बजार नपाउँदा दुःख लागेको बताउँदै बजारीकरणका लागि आफूले पनि सहयोग गरेको बताए ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९–०८० मा जिल्ला २० लाख मूल्य बराबरका कागती उत्पादन भएका छन् । पाँच सय हेक्टर क्षेत्रफलमा कागतीखेती गरिएकामा चार सय ५० मेट्रिक टन कागती उत्पादन भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : ५९ बजे

मनास्लु क्षेत्रबाट अलपत्र परेका ११० पर्यटकको उद्धार

गोरखा – गोरखाको मनास्लु क्षेत्रबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ

कांग्रेस विवादः महाधिवेशन मिति तोक्ने कसरतमा इतर, बहुमतको चेतावनी दिँदै संस्थापन समूह

काठमाडौँ- नेपाली कांग्रेस १५औँ महाधिवेशनको मितिमा सहमति जुटाउन नसक्दा पार्टीभित्रको

एक दिनअघि गरिएको सहमतिमा नर्सहरूको विरोध, फेरि आन्दोलन थाल्ने चेतावनी

काठमाडौं – शनिबार मात्रै सरकारसँग सहमति गरी आन्दोलन स्थगित गर्ने

निर्वाचनको वातावरण निर्माणका निम्ति संघ सरकारसँग सहकार्य गर्न मुख्यमन्त्रीहरू तयार

काठमाडौं- सातै प्रदेशका मुख्यमन्त्रीहरूले निर्वाचनको वातावरण निर्माणका लागि संघ सरकारसँग

‘पहिलेभन्दा बलियो’ आणविक क्षेत्रहरू पुनर्निर्माण गर्ने इरानको चेतावनी

तेहरान – इरानले इजरायल र अमेरिकी आक्रमणबाट क्षति पुर्याइएको आणविक