पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

पेस्तोल चोरी गरेको आरोपमा दुई जना पक्राउ


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार दुई व्यक्तिलाई पक्राउ गरी पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद गरिएको छ । गत असार ३० गते चोरी भएको पेस्तोलसहित बौद्धबाट सिन्धुपाल्चोक घर भएका वासुदेव थामी र सिन्धुलीका मेघबहादुर तामाङलाई पक्राउ गरिएको उनले बताएका छन् । सुरुमा मेघबहादुरको कोठाबाटै पेस्तोल बरामद गरी उनलाई पक्राउ गरिएको र उनको बयानका आधारमा चोरीमा संलग्न देखिएपछि थामी पक्राउ परेका थिए । 

घरको कोठामा पेस्तोल राखिएको झोलासहित झ्यालबाट अङ्कुसे लगाएर चोरी भएको थियो । त्यसलगत्तै खड्काले पेस्तोल चोरी भएको भनी प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । सोही आधारमा खोजतलासका क्रममा पेस्तोल बरामद गरी उनीहरूलाई पक्राउ गरिएको परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक ढुङ्गेलले बताए। उनका अनुसार उक्त घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : १० बजे

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम