विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका-६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्रामसहित सोही नगरपालिका-१० बस्ने  १८ वर्षीय किशोरसमेत दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो । 

सर्लाहीको मलंगवा नगरपालिका-१ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका-८ बस्ने २७ वर्षीय सरोज साहलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी गोरखाकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ बस्ने २९ वर्षीय दीपक रानालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसमेत उनलाई पक्राउ गरेको हो । 

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका-२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ । गलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । 

चितवनको रत्ननगर नगरपालिका-२ टाँडीचोकबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका-३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापाको झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित इलाम मङसेबुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  २ : ०२ बजे

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले

म्यान्मामा भीषण बर्षा र विनासकारी बाढीपछि जनजीवन प्रभावित

याङ्गुन- म्यान्माको पश्चिमी राखाइन र चिन राज्यमा व्यापक वर्षापछि बाढी

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा