‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन « Khabarhub

‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषांक’ स्मारिकाको विमोचन गरेका छन् । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषांक स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले सो पुस्तक विमोचन गरेका हुन् ।

समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिकस्थल गोरखा दरबार समिपमा ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको छैटौँ वर्ष प्रवेशको स्मृति दिवसका अवसरमा बिसे नगर्ची तथा परियार जातिसम्बन्धी खोजमूलक ‘बिसे नगर्ची विशेषांक’ प्रकाशन गरिएको हो । 

पुस्तकमा परियार जातिको परिचय, परिचानबिसे नगर्चीको योगदानको विरासतलाई बचाउन परियार जातिका विविध पक्षको जानकारी र बिसे नगर्चीको इतिहास खोजबिन गरी समावेश गरिएको छ । गोरखाका बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई एकीकरणको अभियानमा आर्थिक सल्लाह दिई अहिलेको विशाल नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेको पुस्तकमा उल्लेख छ ।

सोही अवसरमा पर्यटनमन्त्री किरातीले बिसे नगर्चीको योगदान ओझेलमा परेको उल्लेख गर्दै सरकारले बिसे नगर्चीको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,’नेपाली समाजको प्रागिक अध्ययन नभएका कारण पनि बिसे नगर्चीको योगदान ओझेलमा परेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।’

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले नयाँपुस्ताले समाजको उत्थान र विकासका निम्ति केही गर्नसकेको खण्डमा वास्तवमा बिसे नगर्चीको सम्मान हुने बताए । 

समाजका उपाध्यक्ष कृष्ण रणपालले कृतिले परियार जाती र बिसे नगर्चीको चिनारीलाई सबैका बीचमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । समाजले काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकामा ‘बिसे नगर्ची’ को सालिक निर्माण गरेर योगदान गरेबापत जागरण मिडिया सेन्टरका सचिव दिनेश परियारलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ४६ बजे

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित

हुम्लामा विद्युत सेवा अवरुद्ध

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको

कांग्रेसको नीति, अनसुन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

काभ्रेपलाञ्चोक– महाभारत गाउँपालिका– ६ का ७१ परिवारलाई ६ हजार ८००