‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन « Khabarhub

‘बिसे नगर्ची विशेषांक’ स्मारिका विमोचन


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषांक’ स्मारिकाको विमोचन गरेका छन् । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषांक स्मारिकाको विमोचन’ कार्यक्रममा मन्त्री किरातीले सो पुस्तक विमोचन गरेका हुन् ।

समाजले गोरखा नगरपालिकाको सहकार्यमा विसं २०७५ साउन १८ गते नगरपालिकाको ऐतिहासिकस्थल गोरखा दरबार समिपमा ‘बिसे नगर्ची’ को सालिक स्थापना भएको छैटौँ वर्ष प्रवेशको स्मृति दिवसका अवसरमा बिसे नगर्ची तथा परियार जातिसम्बन्धी खोजमूलक ‘बिसे नगर्ची विशेषांक’ प्रकाशन गरिएको हो । 

पुस्तकमा परियार जातिको परिचय, परिचानबिसे नगर्चीको योगदानको विरासतलाई बचाउन परियार जातिका विविध पक्षको जानकारी र बिसे नगर्चीको इतिहास खोजबिन गरी समावेश गरिएको छ । गोरखाका बिसे नगर्चीले राजा पृथ्वीनारायण शाहलाई एकीकरणको अभियानमा आर्थिक सल्लाह दिई अहिलेको विशाल नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेको पुस्तकमा उल्लेख छ ।

सोही अवसरमा पर्यटनमन्त्री किरातीले बिसे नगर्चीको योगदान ओझेलमा परेको उल्लेख गर्दै सरकारले बिसे नगर्चीको नामबाट राष्ट्रिय पुरस्कार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने,’नेपाली समाजको प्रागिक अध्ययन नभएका कारण पनि बिसे नगर्चीको योगदान ओझेलमा परेको छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ ।’

नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले नयाँपुस्ताले समाजको उत्थान र विकासका निम्ति केही गर्नसकेको खण्डमा वास्तवमा बिसे नगर्चीको सम्मान हुने बताए । 

समाजका उपाध्यक्ष कृष्ण रणपालले कृतिले परियार जाती र बिसे नगर्चीको चिनारीलाई सबैका बीचमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गरे । समाजले काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकामा ‘बिसे नगर्ची’ को सालिक निर्माण गरेर योगदान गरेबापत जागरण मिडिया सेन्टरका सचिव दिनेश परियारलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ४६ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी