दार्चुलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते « Khabarhub

दार्चुलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

दार्चुला– महाकाली नगरपालिकाको फोहर फाल्ने टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार सदरमुकाम खलंगा बजारको फोहर संकलन गरी डम्पिङ्ग साइटमा फाल्न जाने क्रममा महाकाली नगरपालिका–५ किम्तडीभिरमा टिपर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक महाकाली नगरपालिका–७ का दानसिंह धामी र महाकाली नगरपालिका–५ का सहचालक मनोज हुम्ली घाइते भएको प्रहरीले जनाएको छ।

महाकाली नगरपालिकाको से १ ग ७६ नम्बरको टिपर किम्तडीभिरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। टिपरको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

टिपरको अगाडिको भागको एक साइडतिर पूर्णरुपमा क्षति पुगेको छ। घाइते चालक र सहयोगी जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : १७ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको