दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर, ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईमामाथि अनुसन्धान गर्न बाटो खुल्यो, सर्वोच्च अदालतको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई, भीभीआईपीभीआईपीको स्वास्थ्य उपचार समिति गठन सुन प्रकरण : अनुसन्धानको जिम्मा प्रहरीलाई दिइयो बागमतीमा चित्रकार बने उद्योग तथा सामान्य प्रशासन मन्त्रीलगायतका समाचारले प्रमुख स्थान पाए । 

माओवादी केन्द्रका पदाधिकारीको जिम्मेवारी हेरफेर
नेकपा माओवादी केन्द्रका पदाधिकारीहरूको जिम्मेवारी हेरफेर भएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो ।

पछिल्ला केही दिनयता माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक जारी छ । पदाधिकारी बैठकले नेताहरुको विभाग फेरबदल गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको नेतृत्व वरिष्ठतम् न्यायाधीश श्रेष्ठलाई

न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् । प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गतेदेखि सेवा निवृत्त भएपछि उनले नेतृत्व सम्हालेका हुन् ।

पदबहालीका क्रममा कामु प्रधानन्यायाधीश श्रेष्ठले संविधान र कानुनका आधारमा सेवाग्राहीको हितलाई हेरेर चुस्तदुरुस्त तरिकाले काम गर्न निर्देशन दिए।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईमामाथि अनुसधान गर्न बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा कुमार चुडालको इजलासले नीति निर्मातामाथिसमेत अनुसन्धान गर्न आदेश दिएको हो ।

सुन प्रकरण: अनुसन्धानको जिम्मा प्रहरीलाई दिइयो

राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार सुन प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो ।

अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०ले अघि बढाउने भएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको जनाइएको छ ।

सेप्टेम्बरको तेस्रो वा चौथो साता प्रधानमन्त्री प्रचण्ड चीन जाने

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सेप्टेम्बर महिनाको तेस्रो वा चौथो साता उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले आज प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो-चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए । 

बागमतीमा चित्रकार बने उद्योग तथा सामान्य प्रशासन मन्त्री

बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश सरकारले आज नयाँ मन्त्रालय स्थापित गरेर उनलाई जिम्मेवारी तोकेको हो ।

प्रदेशका ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको छ । मन्त्री चित्रकार बागमती प्रदेश सरकारमा लामो समयदेखि विना विभागीय मन्त्रीको रुपमा रहँदै आएका थिए। उनले नेपाली कांग्रेसको प्रदेश संसदीय दलका उपनेतासमेत हुन् ।

रास्वपाको मोबाइल क्लिनिक यथावत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘मोबाइल क्लिनिक’ का लागि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले उपलब्ध गराएको एम्बुलेन्स फिर्ता गरिए पनि क्लिनिक यथावत रहेको छ ।

पार्टीका सभापति रवि लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलका अनुसार अर्को एम्बुलेन्समा औषधि र चिकित्सकसहित टोलीले सेवा प्रदान गर्न थालेको छ ।

माओवादीले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने

नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

सुशासनको कुरा उठाउँदा पार्टी नेतृत्वमाथि प्रहार : प्रधानमन्त्री

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा उठाएपछि पार्टी नेतृत्वमाथि प्रहार हुन थालेको बताएका छन्।

कमलादीमा आइतबार पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले उनले सुशासन र समृद्धिको कुरा उठाएपछि पार्टी नेतृत्वविरुद्ध मुद्दा चलाइएको बताएका हुन् ।

झलनाथ खनालद्वारा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण
नेकपा(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

भीभीआईपी र भीआईपीको स्वास्थ्य उपचार समिति गठन
सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा। डा। भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।

बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयिक विषयहरू लिखित रुपमा पेश गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण अनलाइनबाटै हुने
विदेशमा अध्ययन तथा रोजगारीका लागि जान चाहनेहरूले अब प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग जानुपर्ने बाध्यता हटेको छ ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ०० बजे

‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको फिल्म ‘मनसरा’ले प्रदर्शनको पहिलो दिन

अध्यक्ष बिजुक्छेँद्वारा अरनिको सभाभवन शिलान्यास

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर

कञ्चनपुरकाे एक घरमा आगलागी हुँदा २५ लाखको क्षति

कञ्चनपुर– कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको घरमा आगलागी भएको

संघीय मामिलाका काम ओझेल परे : मन्त्री जोशी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सामान्य प्रशासनको

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस