जारको पानीमा गम्भीर लापरबाही भेटियो : बालेन शाह « Khabarhub

जारको पानीमा गम्भीर लापरबाही भेटियो : बालेन शाह


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जारको पानी बिक्रीमा गम्भीर लापरबाही र त्रुटि फेला पारेको बताएका छन् । महानगरपालिकाको कृषि तथा खाद्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहित सरोकारवाला निकायले आईतबार गरेको अनुगमनका क्रममा सो कुरा फेला परेको मेयर शाहले बताएका छन् ।

आईतबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले व्यावसायिक रूपमा पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले जारमा भरेर वितरण गर्ने पानीको गुणस्तरमा ध्यान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । बर्खायाममा पानीजन्य रोग लागेर बिरामी हुने व्यक्तिको संख्या उल्लेख्य हुने गरेको र वितरण प्रणालीबाट आएको पानीमा भन्दा जारको पानीमा विश्वास गरेर सहरबासीले जारको पानी किनेर पिउने तथा दैनिक व्यवहारमा प्रयोग गर्ने गरेका बेला जारको पानी अशुद्ध हुनु गम्भीर विषय भएको उनको भनाइ छ ।

‘शुद्धताका लागि पैसा तिरेर किनेको पानीको जारमा लेबल नहुनु, उत्पादन मिति उल्लेख नहुनु, जार फोहोर र कुच्चिएको हुनुले यसभित्रको पानीको गुणस्तरमा शंका गर्नुपर्ने भएको छ । यो पानी घर–घरमा, होटल तथा रेस्टुरेन्टमा सिधै प्रयोग गर्ने गरिएको छ । पिउन तथा काँचै खाइने तरकारी तथा फलफूल पखाल्न प्रयोग हुने गरेको छ’ साहले लेखेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : २२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ