वालिङमा रक्त सञ्चार केन्द्र स्थापना | Khabarhub Khabarhub

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो ।

केन्द्र सञ्चालनमा आएसँगै वालिङमा सञ्चालनमा रहेका डायलासिस सेन्टर, प्रसूति गृह तथा आकस्मिक दुर्घटनाका बिरामीलाई सहज हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणले बताए।

यहाँ स्थापना भएको केन्द्रमार्फत स्याङ्जाको वालिङ, भीरकोट, चापाकोट, गल्याङ, कालीगण्डकीसहित दक्षिण पर्वतका बिरामीलाई सहज हुने छ । 

‘वालिङका बिरामीका लागि पाल्पा, पोखरालगायत ठाउँबाट रगत ल्याउनुपथ्र्यो’, उनले भने, ‘अब अस्पतालमै केन्द्र स्थापना भएपछि अन्यत्र जानुपर्ने बाध्यता हटेर जानेछ ।’

वालिङमा रक्त सञ्चार केन्द्र आवश्यक देखिएपछि जिल्ला रेडक्रस सोसाइटीसँग समन्वय गरेर अस्पतालमा केन्द्र सञ्चालनमा ल्याइएको वालिङका नगर प्रमुख कृष्ण खाँणले बताए । नगरपालिकाले केन्द्र स्थापना र सञ्चालनका लागि नीति, कार्यक्रम तथा बजेटमार्फत नै सम्बोधन गरेको उनको भनाइ छ । 

केन्द्रको व्यवस्थापन जिल्ला रेडक्रस सोसाइटीले गर्ने तथा अन्य काम नगरपालिका र अस्पताल प्रशासनले गर्ने  सहमति भएको रेडक्रसका जिल्ला अध्यक्ष दिनेश अर्यालले बताए । 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ६ : ५५ बजे

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल गएराति स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका

आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाऔँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी

राष्ट्रपतिबाट विजयादशमीको शुभकामना 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका

दशैँमा पिङको परम्परा : आत्मबल बढाउने सूत्र

नेपाल सांस्कृतिक, बहुधार्मिक र परम्पराले युक्त भएको देश हो। यहाँ

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका