उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल « Khabarhub

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’ को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए ।

उनले उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । “नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भने, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”

कार्यक्रममा हस्तकला महसङ्घका पूर्वध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।

महासङ्घले आजदेखि आयोजना गरेको मेला पाँच दिनसम्म सञ्चालन हुने मेला आयोजक समितिकी संयोजक यशोदा दहालले जानकारी दिइन् । मेलामा सातदोबाटोस्थित उद्यमी घरका पाँच स्टलसमेत रहेको व्यवसायी दीपक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ३ : २० बजे

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)

ओलीको आरोप- सरकारले सांसदलाई उत्तरदायी बनाउन सकेन, कठपुतली बनाउन खोज्यो 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र