उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल | Khabarhub Khabarhub

उद्यमीलाई सहयोग गर्न सरकार तत्पर छ : मन्त्री रिजाल


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्यमीलाई हरसम्भव उत्प्रेरित गर्दै सहयोग गर्न सरकार तत्पर रहेको बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासङ्घ नेपालले महिलाको महान पर्व तीजको अवसर पारेर ललितपुरमा आयोजना गरेको ‘महिला उद्यमी मेला’ को आज उद्घाटन गर्दै मन्त्री रिजालले उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने बताए ।

उनले उद्यमीलाई सहयोग गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । “नयाँ योजना र विचारका साथ मुलुकलाई समृद्धिको दिशामा लैजानुपर्छ भन्नेमा सरकार प्रतिबद्ध छ”, मन्त्री रिजालले भने, “उद्यमीहरूको मेहनतका कारण मुलुक समृद्धितर्फ जाने भएकाले सरकार उद्यमीलाई हरसम्भव सहयोग गर्न तत्पर छ ।”

कार्यक्रममा हस्तकला महसङ्घका पूर्वध्यक्ष तथा ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ धर्मरत्न शाक्यले महिलाले उत्पादन गरेका हरेक उत्पादनलाई स्थानीय तथा विश्व बजारमा पुर्‍याउने गरी नीति निर्माण गर्न सरकारलाई आग्रह गरे ।

महासङ्घले आजदेखि आयोजना गरेको मेला पाँच दिनसम्म सञ्चालन हुने मेला आयोजक समितिकी संयोजक यशोदा दहालले जानकारी दिइन् । मेलामा सातदोबाटोस्थित उद्यमी घरका पाँच स्टलसमेत रहेको व्यवसायी दीपक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ३ : २० बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना