पाकिस्तानमा आफ्नो समुदायविरुद्ध दमन बढ्दै गएकोप्रति सिख अगुवाद्वारा चिन्ता व्यक्त « Khabarhub

पाकिस्तानमा आफ्नो समुदायविरुद्ध दमन बढ्दै गएकोप्रति सिख अगुवाद्वारा चिन्ता व्यक्त


२० भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पछिल्लो समय पाकिस्तानमा हिन्दू, इसाई, सिखजस्ता धार्मिक अल्पसङ्ख्यकविरुद्ध दमन बढ्दै गएकोप्रति पाकिस्तानी सिख अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

पूर्व जेठेदार गियानी हरप्रित सिंहले यसबारे हालै विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा उनले लामो समयदेखि दमनमा रहेका सिख समुदायप्रति विभेद हट्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफ्नो समुदायका मानिसहरु जबरजस्ती इस्लाम धर्मान्तरणको चपेटामा परेको भन्दै अल्पसङ्ख्यक समुदायको संरक्षण गर्न सरकारसमक्ष माग गरेका छन् ।

पाकिस्तानमा सिख समुदायका मानिसहरुको हत्या, उनीहरुको प्रार्थानास्थलमा तोडफोड, यातना, धर्मान्तरणजस्ता दमनको सिकार हुँदै आएका छन् ।

पाकिस्तानमा रहेका सिखसहित अन्य धार्मिक अल्पसङ्ख्यकविरुद्ध जारी दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउनुपर्ने मानव अधिकारवादीहरुको भनाइ छ ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  १२ : ५३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको