नेपालगन्जमा फेरि कर्फ्यु « Khabarhub

नेपालगन्जमा फेरि कर्फ्यु


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपालगन्जमा फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज फेरी अचानक कर्फ्यु लगाइएको जानकारी दिएको हो । 

सो कर्फ्यु बिहान ६ बजे देखी सुरु भएर साँझ ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जारी गरेको सूचनामा भनिएको छ । 

उनका अनुसार नेपालगन्ज उपमहानगर पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाका चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने उल्लेख छ ।

केही समय देखी नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायका बिचमा असमझदारी बढेपछि स्थिति नियन्त्रण लिनका लागि सेना परिचालन देखी कर्फ्युसमेत लगाइएको थियो । अवस्था सामान्य भएको भन्दै हिजो बिहान ८ बजेबाट राति ८ बजेसम्म १२ घण्टाका लागि कर्फ्यु हटाएको  थियो तर पुनः विवाद बढे पछि नेपालगञ्जमा अहिले कर्फ्यु लगाइएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन