स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री « Khabarhub

स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन् । 

पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन गर्नेसम्बन्धी एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित बनाएको हुन्छ, त्यसैमा सरकारले लगानी गर्ने बताए ।

उनले सरकारसँग सीमित साधन स्रोत रहेकाले निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य गर्नुपर्ने भनाइ राखे । ‘हाम्रा स्वास्थ्यका आवश्यकता धेरै र साधन स्रोत न्यून छन्’, उनले भने, ‘थोरै स्रोत साधनलाई सदुपयोग गरेर प्राथमिकता साथ काम गर्नुपर्दछ ।’

मन्त्री डा महतले अझै पनि बजेट विनियोजनमा जसले प्रभाव पार्न सक्दछ, त्यही किसिमले बजेट विनियोजन हुने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नुपर्ने भनाइ राखे। उनले सबभन्दा बढी प्रतिफल दिने क्षेत्रमा बजेट प्राथमिकतामा पर्ने बताए । 

उनले आगामी आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दा पनि हाम्रा आवश्यकता र सबैभन्दा बढी जनसङ्ख्यालाई प्रभाव पार्ने स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्र के–के हुन् त्यसलाई पहिल्याएर विनियोजन गरिने बताए। 

पाठेघरको मुखको क्यान्सर धेरै महिलालाई लाग्ने गरेको उल्लेख गर्दै उनले सरकारले पाठेघरको मुखमा हुने क्यान्सर निर्मूलका लागि काम गरिरहेको बताए। उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभीले क्यान्सर लाग्नमा कारक तत्त्वलाई निवारण गर्ने र रोग लाग्ने सम्भावनालाई समाप्त पार्ने बताए।

उनले क्यान्सर लागेपछि आर्थिक सामाजिक, मानसिक, शारीरिक समस्या सिर्जना गर्ने र त्यो आउन नदिनका लागि किशोरी अवस्थामा नै खोप लगाउनुपर्ने बताए। मन्त्री डा महतले वैदेशिक ऋणको सावाँब्याजको दायित्व बढिरहेको उल्लेख गर्दै विकास खर्च, स्वास्थ्य र शिक्षा जस्ता महत्वपूर्ण विषयमा थप दबाब बढिरहेकाले निजी क्षेत्रसँग सहकार्य गरेर मुलुकलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

पाठेघरको मुखमा हुने क्यान्सर अहिले महिलामा बढिरहेको उल्लेख गर्दै  उनले खोप लगाउनका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। उनले पाठेघरको क्यान्सर निर्मूल पार्ने सरकारको प्राथमिकताभित्र पर्ने भएकाले सोहीअनुसार बजेट विनियोजन गर्ने बताए।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा हरेक दिन छ महिलामा पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै यसका लागि एचपिभी खोपले नै क्यान्सरलाई बचाउने बताए। उनले राष्ट्रिय कार्यक्रममा समावेश गरेर नै प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउनुपर्ने बताए। उनले २६ वर्षभन्दा माथिका महिलालाई खोपले काम नलाग्ने भन्दै ९ देखि १५ वर्ष मुनिका किशोरीलाई खोप लगाउनुपर्ने बताए। 

क्यान्सर रोग विशेषज्ञ डा शाहीले एचपिभी खोप ९९ प्रतिशत प्रभावकारी रहेको जनाउँदै २१ देखि ६५ वर्ष उमेर समूहका महिलालाई पहिचान गरेर क्यान्सर रोगबाट बचाउनुपर्ने बताए । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । महिलामा असुरक्षित यौन सम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ०३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा