प्रतिनिधिसभा बैठक : धार्मिक सद्भाव कायम राख्न सांसदको माग « Khabarhub

प्रतिनिधिसभा बैठक : धार्मिक सद्भाव कायम राख्न सांसदको माग


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सांसदहरुले धार्मिक सद्भाव कायम राख्न, सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार राईले धनकुटा जिल्लामा प्रदेशस्तरीय अस्पताल बनाउनका लागि जग्गा उपलब्ध गराउन सङ्घीय सरकारले निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘प्रदेश सरकारले  बजेट बनियोजन गरेर डिपिआर बनिसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको २५ रोपनी जग्गा सङ्घीय सरकारलाई तत्काल उपलब्ध गराउन सिफारिस गर्दा पनि निर्णय भएको छैन ।’

सांसद राजेन्द्रप्रसाद लिङ्देनले बिना आधार धार्मिक सद्भावमा खलल पुर्‍याएको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद रामशङ्कर यादवले सदनमा पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि कार्यान्वयन नभएको गुनासो गरे। ‘सदनमा पटक–पटक बोलिसक्दा पनि सरकारले चासो व्यक्त गर्दैन ।  जेठदेखि साउनसम्ममा बलान नदी नियन्त्रण सम्बन्धमा तीन चोटी दोहोरर्‍याए तर सरकारले सुनेन’, उनले भने, ‘समयमा नसुन्दा धेरै क्षति भइसकेको छ । चालु आर्थिक वर्षमा पनि नियन्त्रण गरिएन भने अन्य बस्ती विस्थापन हुने जोखिममा छ ।’

सांसद रामकुमार राईले पहाडी लोकमार्ग दिक्तेल–भोजपुर खण्डमा दश किलोमिटरको कालोपत्र गर्नुपर्ने बताए । सांसद रेखा यादवले वैदेशिक रोजगारीका नाममा महिलाहरुले बेचबिखनमा परेको भन्दै उद्धार, पुनःस्थापन र पुनर्वासको माग गरे ।

सांसद रोशन कार्कीले संसदीय समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन नगर्नु समितिको अपमान भएको बताए । उनले भने, “महिला तथा सामाजिक मामिला समितिले निःशुल्क हेल्पलाइनको व्यवस्था र आरती साहको परिवारमाथि दुव्र्यवहार गर्नेप्रति कारबाहीका लागि सिफारिस गरेको थियो । तर गृहमन्त्रालयले यसको कार्यान्वयन गरेन । के यसरी समितिको अपमान गर्न मिल्छ रु”

शून्य समयमा सांसद लेखनाथ दाहालले कार्यतालिकासहितको बजेट कार्यान्वयन प्रक्रियाको लिखित विवरण अर्थमन्त्रालयसँग माग गरे। सांसद महेन्द्रबहादुर शाहीले बाढी पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराए। उनले भेरी बबई डाइभर्सन आयोजनामा स्थानीयलाई जग्गाको मुआब्जा दिन माग गरे।

सांसद राजेन्द्र बजगाईँले नेपाली युवा रुसको सेनामा भर्ती हुने विषयमा सरकारको ठोस जवाफको माग गरे। सांसद महेशकुमार बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा नेविसङ्घले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्तामा अवरोध पुर्‍याउन तालाबन्दी गरेको भन्दै  सरकारको ध्यानाकर्षण गराए ।

सांसद मञ्जु शर्मा अन्सारीले देशमा धार्मिक सद्भावलाई कायम राख्न आग्रह गरिन्। सांसद रणकुमारी बलमपाकी मगरले काठमाडौँका विभिन्न स्थानका सडक बालबालिकालाई सुरक्षित बास, शिक्षा र संरक्षणका लागि ध्यानाकर्षण गराइन् । 

सांसद रमाकुमारी पौडेलले काठमाडौँको इन्द्रचोकभित्र भारी बोक्ने श्रमिकलाई तीन पाङ्ग्रे सवारी सञ्चालन गर्न अनुमति दिनका लागि काठमाडौँ महानगरपालिकाले वञ्चित गरेको भन्दै निश्चित समय तोकेर भए पनि अनुमति दिनुपर्ने बताइन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ११ बजे

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–०

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी