कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने | Khabarhub Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताएका हुन् । उनले विश्वसको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताए ।

कार्कीले विश्वासका मत लिने तयारी गरिरहँदा कोशी प्रदेशका प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्कीलाई विश्वासको मत नदिने निणर्य गरेको कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले बताएका छन् । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउँदा अर्को व्यवस्थाअनुसार बहुमत सदस्यको हस्ताक्षरसहित गठबन्धनको सरकार बनाएर नै जाने बताए ।

नेकपा एमालेसँग निर्वाचनमा सहकार्य र सत्ता साझेदार गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि नेकपा एमालेले बहुमत पुर्‍याउने भएमा समर्थन गर्न सकिने यसअघि नै बताएका थिए । यसअघि प्रदेशसभामा एमालेको उपसभामुखसहित ४० र राप्रपाको ६ मत गरी मुख्यमन्त्री कार्कीले ४६ मत पाएका थिए ।

तर यस पटक उपसभामुखले मत हाल्न नपाउने अवस्थामा एमालेसँग ३९ मत मात्रै रहनेछ । त्यसका लागि गठबन्धन दल नेपाली कांग्रेसको २९, माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ मत रहेका कुनै एक दललाई आफूतिर तान्नु पर्ने बाध्यता रहेको छ । जसपाको १ मत तानेर पनि एमालेले विश्वासको मत पुर्‍याउन नसक्ने अवस्था रहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ६ : १२ बजे

‘स्वच्छ खाना : उत्कृष्ट व्यापार’ गर्न काठमाडौं महानगरको आग्रह

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो वर्प तिहार सुरु भएसँगै काठमाडौं महानगरपालिका

पेट्रोलियम पाइपलाइनबाट साढे ६ अर्ब लिटर इन्धन आयात

काठमाडौं– नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको ६ वर्ष

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर