दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने, विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो, विश्वकप फुटबलको एसियाली छनोटमा नेपालले असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने, राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति, दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताएका हुन् । उनले विश्वसको मत नपाउने अवस्था अहिले नै नदेखिएको भन्दै असोज २० गते विश्वासको मत दिन प्रदेश सभामा आह्वान समेत गर्ने बताए ।

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य) छलफल सकिएको छ ।

उक्त छलफलमा ६० भन्दा धेरै सांसद्ले भाग लिएका थिए । सभाको आगामी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न सकेन; एमालेले सक्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले महासचिव पोखरेलले वर्तमान सरकारले नागरिकका समस्या समाधान गर्न नसकेको बताएका छन् ।

उनले यो सरकारले मुलुकका हरेक क्षेत्रमा सकारात्मक ऊर्जा प्रदान गर्न नसकेको आरोप लगाउँदै सरकारका कारण नै मुलुकको अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको बताए ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन आजदेखि

नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।

राजावादीले धार्मिक सहिष्णुता बिथोलेको भन्ने आरोपप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरुले धार्मिक सहिष्णुता बिथोल्न लागेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले राजावादीहरु धार्मिक सद्भाव बिथोल्न थालेकाले निगरानी गर्नुपर्ने धारणा केही सांसदहरुले राखेको भन्दै आपत्ति जनाएका हुन् ।

विश्वकप फुटबलको एसियाली छनोटमा नेपालले असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने

विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले आगामी असोज २५ गते लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेल असोज २५ नेपाल र लाओसबीच दशरथ रंगशालामा हुने जानकारी दिएको हो । फिफा वरियतामा लाओस १८६ औं स्थानमा रहेको छ भने नेपाल १७५ औं स्थानमा रहेको छ ।

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक

चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो ।

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । भारतसित पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अंकले पराजित गरेको हो ।

दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ ।

अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष घटस्थापना सुरु हुन नौ दिन मात्रै बाँकी हुँदासमेत खुल्ने तयारी देखिएको छैन । नेपालीको महान चाड दसैँमा घटस्थापनादेखि नै विद्यालय, कलेजलगायतका धेरै संस्था बन्द हुन्छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : ५९ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले