विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा « Khabarhub

विदेशी पर्यटकको लागि मनास्लु क्षेत्र रोजाइमा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

गोरखा– पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरूको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ ।  गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । चुमनुब्री गाउँपालिकामा पर्ने मनास्लु क्षेत्रमा प्राकृतिक सुन्दरता मात्र नभएर सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पर्यटकीय क्षेत्र हो ।

मनास्लु क्षेत्रमा भ्रमणका लागि पुगेका विदेशी पर्यटकबाट करिब रु दुई करोड २८ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।  आर्थिक वर्ष २०७९-८० मा मात्र मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालय (एमक्याप) ले मनास्लु क्षेत्र घुम्न गएका पर्यटकबाट एक वर्षमा रु दुई करोड २७ लाख ९७ हजार राजस्व सङ्कलन गरेको हो । 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालयले मनास्लु घुम्न जाने सार्क राष्ट्रका पर्यटक र अन्य विदेशी पर्यटकबाट प्रवेश शुल्क लिने गर्दै आएको छ । ‘कार्यालयले सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार शुल्क उठाउने गरेको छ’, कार्यालयका प्रमुख सन्तोष शेरचनले भने, ‘त्यसबाहेक अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार लिने गरिएको छ ।’

गत आर्थिक वर्षमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रबाट घुम्नका लागि पुगेका एक सय ५९ पर्यटकबाट कूल रु एक लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै अन्य विदेशी पर्यटकबाट रु दुई करोड २६ लाख ३८ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चालु आवमा पर्यटकको सङ्ख्या बढ्ने अनुमान गरिएकाले राजस्व संकलनमा वृद्धि हुने अनुमान गरिएको प्रमुख शेरचनले जानकारी दिए । 

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्र मनास्लु क्षेत्र पुगेका पर्यटकहरूबाट प्रवेश शुल्क वापत ८५ लाख ९ हजार रुपैया राजस्व संकलन भइसकेको छ । साउनदेखि असोजसम्मको अवधीमा मनास्लु क्षेत्रमा सार्क राष्ट्रका ९७ जना र सार्क राष्ट्रबाहेकका अन्य राष्ट्रबाट दुई हजार आठ सय चार जना गरी कूल दुई हजार नौ सय तीन जना पर्यटक त्यहाँ पुगेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ३१ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा