भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो ‘डिजास्टर रिलिफ सिस्टम’ (तस्वीरहरु) « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो ‘डिजास्टर रिलिफ सिस्टम’ (तस्वीरहरु)


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा प्रभावितहरुको लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुको राहतको लागि डीआरएस कन्टेनर शनिबार त्यसतर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटको लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेर रुकुम पश्चिमको लागि पठाइएको हो । ती कन्टेनरमा उपलब्ध साधन श्रोतबाट सम्बन्धित क्षेत्रहरुमा अस्थायी बसोबासको लागि संरचना निर्माण भइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका–१ रावतगाउँमा अस्थायी संरचना निर्माण भइसकेका छन् भने रुकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भइसकेको सशस्त्रले जनाएको छ । नेपालस्थित अमेरिकी राजदूतावासबाट सहयोगस्वरुप प्राप्त भएको ३३ वटा डीआरएस कन्टेनरमध्ये ३ वटा जाजरकोट र २ वटा रुकुम पश्चिममा पठाइएको हो ।

बाँकी २८ वटा कन्टेनर ७ वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरुमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ । एउटा डीआरएस कन्टेनरमा एक सय जनाका लागि खाद्यान्न बाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाडाकुँडा लगायतका सामाग्री हुन्छन् ।

यसैगरी आइतबार नै नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीन वटा कन्टेनर समेत सशस्त्र प्रहरी बल नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : २१ बजे

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड

बालेन नेतृत्वको सरकारलाई ओलीले दिए दमनकारी, पीडक, जनविरोध र अत्याचारी शासकको संज्ञा

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खोलिने, आठवटा लाइन राखेर दर्शन

काठमाडौं– हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बिहान ३

बाढीमा परेकी महिलाको शवबाट झिकियो सुन, नुवाकोटको बिदुरबाट पाँचजना समातिए

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका-३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी

यी चार मुद्दा उठाउँदै कांग्रेसले भन्यो : मोदीले चिनियाँ राष्ट्रपतिसामु आफूलाई ‘समर्पण’ गरे

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच