भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो 'डिजास्टर रिलिफ सिस्टम' (तस्वीरहरु) | Khabarhub Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्रले पठायो ‘डिजास्टर रिलिफ सिस्टम’ (तस्वीरहरु)


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले विपद्को समयमा प्रभावितहरुको लागि प्रयोग गरिने ५ वटा डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका नागरिकहरुको राहतको लागि डीआरएस कन्टेनर शनिबार त्यसतर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटको लागि ३ वटा र नं. २९ ज्वालामाई गण दाङबाट २ वटा कन्टेर रुकुम पश्चिमको लागि पठाइएको हो । ती कन्टेनरमा उपलब्ध साधन श्रोतबाट सम्बन्धित क्षेत्रहरुमा अस्थायी बसोबासको लागि संरचना निर्माण भइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिकास्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय र सोही नगरपालिका–१ रावतगाउँमा अस्थायी संरचना निर्माण भइसकेका छन् भने रुकुम पश्चिमको सानोभेरी गाउँपालिकामा समेत अस्थायी संरचना निर्माण भइसकेको सशस्त्रले जनाएको छ । नेपालस्थित अमेरिकी राजदूतावासबाट सहयोगस्वरुप प्राप्त भएको ३३ वटा डीआरएस कन्टेनरमध्ये ३ वटा जाजरकोट र २ वटा रुकुम पश्चिममा पठाइएको हो ।

बाँकी २८ वटा कन्टेनर ७ वटै प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय र मातहतका युनिटहरुमा विपद्को समयमा छिटोभन्दा छिटो प्रयोग गर्न सकिने गरी सुरक्षित भण्डारण गरी राखिएको छ । एउटा डीआरएस कन्टेनरमा एक सय जनाका लागि खाद्यान्न बाहेक सम्पूर्ण बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिएको हुन्छ । जसमा टेन्ट, भाडाकुँडा लगायतका सामाग्री हुन्छन् ।

यसैगरी आइतबार नै नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रद्वारा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गण सिनामंगल र नं. २२ गुहेश्वरी गण भक्तपुरमा सुरक्षित भण्डार गरी राखिएका १० हजार ७ सय थान टेन्टसहितको तीन वटा कन्टेनर समेत सशस्त्र प्रहरी बल नेपालको सुरक्षामा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको सशस्त्रले जनाएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ४ : २१ बजे

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु

‘सहकारी समस्यामा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार’

काठमाडौं – सहकारी संस्थाहरूमा आन्तरिक लेखापरीक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक

‘खुजरे ब्रो’ हेरेर नीतिका बुबा आमाले के भने ?

काठमाडौं– मोडल नीति शाह डेब्यू फिल्म ‘खुजरे ब्रो’को प्रिमियर अघि हँसिलो मुद्रामा