कोशीमा गठबन्धन एक हुँदा कांग्रेस पहिलाकै ठाउँमा « Khabarhub

कोशीमा गठबन्धन एक हुँदा कांग्रेस पहिलाकै ठाउँमा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशीको सत्ता गठबन्धमा फर्किएसँगै नेपाली कांग्रेसको राजनीति पनि पहिलाको ठाउँमा नै आएको छ । कांग्रेसले कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै कांग्रेस पहिलाको ठाउँमा नै आएको हो ।

सोमबार बसेको संसदीय दलको बैठकले कार्कीले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियोे । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएको कांग्रेसले जनाएको छ ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेको बताइएको छ । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताएका छन् । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने थापाको तर्क छ ।

बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । उनीहरू पनि जिम्मेवारी फर्कने कोशी कांग्रेसले जनाएको छ ।

कोशीमा संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान पछि सत्ता गठबन्धनको निर्णय विपरित कांग्रेसका ८ सांसदले बिद्रोह गरेका थिए । गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गर्दा कांग्रेसका ८ सांसदसहित केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ४४ बजे

खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान

काठमाडौं– सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र

चट्याङ लागेर दुई जनाको मृत्यु

प्युठान– गौमुखी गाउँपालिका-६ लिबाङ बस्ने ७० वर्षीय केदार बोहरा क्षेत्री र

युद्धविरामबीच लेबनानमा इजरायली आक्रमण, १४ जनाको मृत्यु

काठमाडौं– लेबनानमा लागू गरिएको युद्धविरामका बीच इजरायलले गरेको आक्रमणमा १४

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

दमौली– राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण गर्न

‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’

काठमाडौं– राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्यले आगामी आर्थिक