भिजिट भिसामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाएको अभियोगमा ४ जना पक्राउ « Khabarhub

भिजिट भिसामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाएको अभियोगमा ४ जना पक्राउ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भिजिट भिसामा विदेश पठाइदिने भन्दै नक्कली कागजात बनाएको अभियोगमा ४ जना पक्राउ परेका छन् । नक्कली कागजात बनाएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका ५ घर भई हाल काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका ८ घर भई हाल काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौं महानगरपालिका १ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका ३ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बलबहादुर रावत रहेका छन् ।

भिजिट भिसामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो ।

अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टि हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेन्ट तथा चेक, एचएसईबी लेखिएको होलोग्राम, सीटीईभीटीको स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजी कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेनड्राइभ २ थान बरामद भएको छ ।

उनीहरूलाई लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगञ्ज काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ६ : १७ बजे

अलविदा निम्सदाई !

काठमाडौं- वर्तमान पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’

तीव्र हावाका कारण ग्रीसमा डढेलो नियन्त्रण चुनौतीपूर्ण

एथेन्स– तीव्र हावाहुरीका कारण ग्रीसमा फैलिएको डढेलो नियन्त्रण गर्न कठिनाइ

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता