रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तीव्र | Khabarhub Khabarhub

रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण तीव्र


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले भूकम्प प्रभावित वडामा राहत सामग्री वितरणलाई तीव्र गति दिएको छ । पालिकाको वडा नं १, २ र ४ का  भूकम्पपीडितलाई राहत वितरणमा तीव्रता दिएको हो ।

हालसम्म प्रभावित तीनवटा वडामा एक सय ४३ त्रिपाल, म्याट दुई सय, कम्बल दुई सय २५, डोरी दुई सय रोल, चामल आठ सय ७५ किलो बाँडिएको सानीभेरी गाउँपालिका प्रवक्ता पहलसिङ घर्तीले जानकारी दिए । त्यस्तै, एक क्विन्टल दाल, एक सय ५० लिटर तेल, नुन ८२ किलो, चिउरा ६ बोरा, बिस्कुट २८ पेटी र चाउचाउ एक सय ११ पेटी राहतका रुपमा पीडितलाई वितरण गरिएको प्रवक्ता घर्तीले जानकारी दिए ।

हालसम्म सानीभेरी गाउँपालिकालाई विभिन्न ११ सङ्घसंस्था तथा व्यक्तिले सहयोग गरेको गाउँपालिकाले जनाएको छ । सहयोग आउने क्रम जारी रहेको र पीडितलाई राहत वितरणको काम पनि चलिरहेको प्रवक्ता घर्तीले जानकारी दिए ।

सानीभेरीमा गत शुक्रबार गएको भूकम्पमा १२ जनाको मृत्यु हुनाका साथै भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ४२ बजे

चितवनलाई हराएको ललितपुर अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसीले

नेपाल पुकार पत्रिकामार्फत कांग्रेसका गतिविधि जनतासम्म पुग्छ : सभापति देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकार

एनिमलको भोजपुरी रिमेक बन्ने, खेसारीलालको मुख्य भूमिका रहने

काठमाडौं– बक्स अफिसमा तहल्का मच्चाइरहेको रणवीर कपुरको ‘एनिमल’ को भोजपुरी

यू-१९ एसिया कपमा भारत पाकिस्तानसँग पराजित

काठमाडौं- एसिसी यू–१९ एसिया कपमा भारत पाकिस्तानसँग ८ विकेटले पराजित

हेटौँडामा धुलो दूधको उत्पादन हुने

हेटौँडा- दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक