भूकम्पपीडितको राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

भूकम्पपीडितको राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको भेटमा उनले पीडितलाई सबै प्रकारको सहयोग गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई ऊर्जा मिलेको छ ।” रास्वपाले दिएका सुझावलाई यसअघि नै सरकारले मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गरिसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, “अहिले तपाईंहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसुस भएको छ ।”

उनले पीडितसमक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा सरकार सचेत रहेको बताए । विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितको राहत र पुनः स्थापनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता छ, राहत र पुनःस्थापनालाई मोडेलका रुपमा अगाडि बढाउनेमा सरकार दृढ छ ।”

सो अवसरमा रास्वपाका उपसभापति डोरप्रसाद अर्यालले छबुँदे सुझाव दिँदै राहत सामग्री पीडितसमक्ष पुगेको वा नपुगेकोबारे अनुगमन गर्न, चिसोको समय रहेकाले पीडितको अवस्थाबारे विशेष ध्यान दिन तथा राहत र पुनः स्थापनाका लागि कानुनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ५४ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ