क्यामरून आक्रमणमा २० जनाको मृत्यु « Khabarhub

क्यामरून आक्रमणमा २० जनाको मृत्यु


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – क्यामरूनको एक अशान्त एङ्लोफोन क्षेत्रको एउटा गाउँमा सोमबार अलगाववादी विद्रोहीले गरेको आक्रमणमा परी महिला र बालबालिकासहित करिब २० जनाको मृत्यु भएको सुरक्षा र स्थानीय अधिकारीहरूले बताएका छन् ।

पश्चिमी क्यामरूनको एग्बेकाउ गाउँमा विगत सात वर्षदेखि विद्रोही र सरकारी सेनाबीच झडप हुँदै आएको छ ।

नाम नबताउने शर्तमा एक वरिष्ठ क्षेत्रीय प्रशासनिक अधिकारीले भने, “आक्रमणमा परी २० जनाको मृत्यु भएको छ, पुरुष, महिला र बालबालिका र गरी १० जना गम्भीर घाइते भएका छन् ।”

सुरक्षा बलका एक अधिकारी र सरकारी निकायका एक अधिकारीले पनि आक्रमण र घाइतेको सङ्ख्याको पुष्टि गरेका छन् ।

सन् २०१७ मा पृथकतावादीहरूले स्वतन्त्रताको घोषणा गरेदेखि नै क्यामरूनको मुख्यतः अङ्ग्रेजी भाषी उत्तरपश्चिम र दक्षिणपश्चिम क्षेत्रहरू द्वन्द्वको चपेटामा परेका छन् । यसले फ्रेन्कोफोन बहुमतद्वारा कथित भेदभावको बारेमा दशकौंको गुनासोलाई पछ्याएको छ ।

मध्य अफ्रिकी राष्ट्रमा ४० वर्षसम्म कठोर शासन गरेका राष्ट्रपति पल बियाले व्यापक स्वायत्तताको मागलाई सम्बोधन गर्न नसकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसार द्वन्द्वका कारण छ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।

पृथकतावादी र सरकारी फौज दुवैमाथि युद्धमा ज्यादती गरेको आरोप लाग्दै आएको छ ।

नाम नबताउने शर्तमा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई टेलिफोन दिएको जानकारी अनुसार विद्रोहीहरूले एग्बेकाउका सर्वसाधारणमाथि आक्रमण गरेका छन् र अस्थायी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ र करिब १५ घर जलेका छन् ।

क्यामरूनको मानव अधिकार आयोगका एक अधिकारीले आक्रमणको पुष्टि गर्दै १५ जनाको मृत्यु भएको बताएका छन् । “तर यो आँकडा वृद्धि हुनसक्छ,’ स्रोतले एएफपीलाई भन्यो।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : २२ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको