नक्कली नोटसहित एकजना पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटसहित एकजना पक्राउ


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका–६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाडौं महानगरपालिका–६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो ।

उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद भएको छ ।

यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १० : २५ बजे

झलनाथ खनाललाई माधव नेपालले : हामीसँग किन आएको त, ओलीको सेवा गर्न एमालेतिरै फर्किए हुन्छ

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता

नीताको डेब्यू निर्देशन रहने फिल्ममा भारतीय कलाकारको पनि अभिनय

काठमाडौं – नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशन रहने फिल्म ‘सुख

महोत्तरीमा ६० प्रतिशत धान रोपाइँ

महोत्तरी– महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ ।

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा

निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’

काठमाडौं – कलाकार राजु पौडेल ‘राजु मास्टर’ लेखन र निर्देशनको