प्रहरीद्वारा ३३ बोरा चिनी बरामद « Khabarhub

प्रहरीद्वारा ३३ बोरा चिनी बरामद


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काभ्रे– इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको प्रहरी टोलीले अवैध चिनी बरामद गरेको छ । 

काभ्रेको रोशी गाउँपालिका–९ स्थित बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबाहक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो । बस र चालकबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

घटनाक्रमले बीपी राजमार्गमार्फत पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको देखाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्विन्टल चिनी बरामद गरेको थियो ।

प्रहरीले कात्तिक पहिलो साता सोही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छली ल्याएको ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो ।

बीपी राजमार्गमा सवारी ‘चेकिङ’मा अवैध रुपमा चिनी भित्रने गरेको पाइएपछि नियमित यातायातका साधन जाँच गर्न थालिएको प्रनाउ श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  १२ : ५६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६