दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबुलाई थुनामा पठाउन सर्वोच्चको आदेश,  एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन, एनसेल खरिद-बिक्रीबारे १५ दिनभित्र जानकारी दिन अर्थ समितिको निर्देशन, एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण, सेवालाई परिणाममुखी बनाउन कार्यपद्धति सुधार्न जरुरी : प्रधानमन्त्री, नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ, कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्युलगायतका समाचारले प्रमुख स्थान पाए ।

आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबुलाई थुनामा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान् मोतीबाबु साहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आज साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको उल्लेख गर्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

एनसेल खरिद-बिक्रीबारे १५ दिनभित्र जानकारी दिन अर्थ समितिको निर्देशन
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण
टेलिकम कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन हुने बताएका छन् ।

सेवालाई परिणाममुखी बनाउन कार्यपद्धति सुधार्न जरुरी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमा परिवर्तन ल्याउन जरुरी रहेको धारणा राखेका हुन् ।

राप्रपाको बैठकमा सातवटा एजेन्डा प्रस्तुत
राप्रपाको कार्यसम्पादन समिति बैठकमा सातवटा एजेण्डा प्रस्तुत गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बुधबारबाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न सातवटा एजेण्डा प्रस्तुत गरेका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

अब राजनीतिक दल विकास निर्माणमा लाग्नुपर्छ : ओली
नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक दलले पार्टीको मात्रै नभई विकास निर्माणको काम गर्नुपर्ने बताएका छन्।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका यात्राका क्रममा बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास विस्तारै विकटका ठाउँसम्म पुगेको बताए ।

नक्कली भुटानी शरणार्थी प्रकरण  : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ
उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो ।

हुम्लामा खाद्यान्न अभाव
समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो । लिमिटेडको सिमकोट शाखामा दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ ।

कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : १० बजे

कांग्रेस–एमाले गठबन्धन २०८४ सम्मै कायम रहन्छ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कांग्रेस–एमाले गठबन्धन सरकार

विकासका लागि सबै एकताबद्ध हुनुपर्छ  : मोहन बस्नेत

सिन्धुपाल्चोक– पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै

बाध्यताले कांग्रेस-एमाले सरकार बनाउनु परेको हो : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आफू निष्ठाको

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित

नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन भलिबल टोलीबीच