एलपीएलमा घोडाघोडी र कैलाली विजयी « Khabarhub

एलपीएलमा घोडाघोडी र कैलाली विजयी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।

आजको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो। लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए। 

कृष्ण कार्कीले १५ तथा प्रतीक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रनको योगदान दिए। घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिङ्स धराशायी बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नभयुग बस्नेतले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिङ गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनायो। घोडाघोडीको लागि नरेश सुनारले सर्वाधिक ३४ रन बनाए। बिपिन विक्रम शाहीले २४ तथा कृष कार्कीले २२ रन बनाए। 

लिटल फ्लावर स्कुलका दिनेश अधिकारीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३.५ ओभरमा १७ रन खर्चिए। कप्तान कृष्ण कार्कीले ३ , कौशल रुपाखेतीले २ तथा बिपिन खत्रीले १ विकेट लिए।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ४८ बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन