विश्व इतिहासमा आजः फ्रान्सको पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविष्कारसम्म « Khabarhub

विश्व इतिहासमा आजः फ्रान्सको पत्रिकाको कार्यलयमा हमलादेखि ग्यालिलियोको आविष्कारसम्म


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज ७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

अकिहितोको राज्यरोहण
जापानका सम्राट अकिहितोले आज अर्थात सन् १९८९ मा जापानको सम्राटको सपथ खाएका थिए । आफ्ना बाबुको जन्म मृत्यु भएकै दिन सम्राट हिरोहितो राजगद्दीमा बसेका थिए ।

खमेर रुज सरकार ढलेको त्यो दिन
सन् १९७९ को ७ जनवरीमा भियतानमाको फौजले क्याम्बोडियाको राजधानी सहर नोम फेहलाई कब्जा गरेर खमेर रुज सरकार ढालेको थियो ।

ग्यालिलियोको आविस्कार
सन् १६१० मा इटालीका वैज्ञानिक ग्यालिलियो ग्यालिलीले चार ओटा ताराहरु बृहस्पति वरपर घुम्ने नयाँ तथ्य पत्ता लगाएका थिए । नांगो आँखाले भन्दा टेलिस्कोपले अझै बढी तारा देखिएको उनको भनाइ थियो ।

फ्रान्सको व्यंग्य पत्रिकाको कार्यलयमा हमला
सन् २०१५ का फ्रान्सको राजधानी पेरिसस्थित चर्चित व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यलय पसेर अतिवादीले अन्धाधुन्दा हमला गरी १२ जनाको हत्या गरेका थिए । पत्रिकाले मुस्लिम धर्म गुरु मोहम्मदको अपमान गरेको भन्दै मुस्लिम लडाकुले आक्रमण गरेका थिए । प्रहरी कारबाहीमा आक्रमणकारीको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ६ : १६ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र