अर्थोपेडिकको मेडिकल डाइरेक्टरमा डा. भण्डारी | Khabarhub Khabarhub

अर्थोपेडिकको मेडिकल डाइरेक्टरमा डा. भण्डारी


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा कैलाशकुमार भण्डारी नियुक्त भएका छन् ।

हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा भण्डारी सोही अस्पतालमा २० वर्षदेखि कार्यरत छन् । डा युवराज खरेलको कार्यकाल सकिएपछि डा भण्डारी आगामी तीन वर्षका लागि सो पदमा शुक्रबार नियुक्त भएका अस्पतालले जानकारी दिएको छ ।

सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको यस अस्पताल सो केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटीका रुपमा स्थापना गरेका थिए । यस अस्प्तालले त्यसयता नेपालका हाडजोर्नीसम्बन्धी समस्याका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।

गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : १७ बजे

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै

कालीगण्डकी करिडोर : २३४ किलोमिटर कालोपत्र, ३६ वटा पुल निर्माण

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा

क्यानडाको खानी कम्पनीमा ५० करोड डलर लगानी गर्दै कतार

दोहा – कतारले क्यानडेली कम्पनी इभान्हो माइन्समा ५० करोड डलर

यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

संविधान दिवसमा टेलिकमको अफरै अफर : कसरी लिने सुविधा ?

काठमाडौं – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा