रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन « Khabarhub

रुकुम पूर्वमा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व – रुकुम (पूर्व) मा यस वर्ष सुन्तला उत्पादन बढेको छ। विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो। गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष नौ सय ७५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। असोजमा लगातार एक साता परेको वर्षाले अन्य बालीनालीको उत्पादनममा असर परेपनि सुन्तलामा भने फाइदा हुँदा उत्पादन बढेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए।

उनका अनुसार विगतमा सुन्तलामा रोग, किरा, जलवायु परिवर्तनको असरलगायतका कारण जिल्लामा सुन्तलाको उत्पादनमा कमी आइरहेको थियो। यस वर्ष गत वर्षको भन्दा करिब तीन सय मेट्रिक टनले बढी उत्पादन भएको छ। जिल्लाभर किसानले एक सय पाँच हेक्टरमा सुन्तला खेती गर्दै आइरहेका छन् तर यस वर्ष ८२ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले फल दिएका छन्।

त्यस्तै गत वर्ष ८५ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनको क्षेत्र रहे तापनि ७८ हेक्टर क्षेत्रफल मात्र उत्पादनशील क्षेत्र रहेको थियो। उत्पादन वृद्धि भएपछि गत वर्ष प्रतिकेजी रु ६०-६५ मा बिक्री गरेका किसानले यो वर्ष रु ४० देखि ५०-५५ मा बिक्री गरिरहेका छन्। सुन्तला उत्पादन धेरै भए पनि बजार नहुँदा भने किसान समस्यामा पर्ने गर्छन्। उत्पादनलाई जोड दिँदै जाने तर त्यसको व्यवस्थापन र बजारीकरणको योजना नहुँदा बर्सेनि यहाँको उत्पादनलाई लिएर किसान मर्कामा पर्ने गरेका छन्।

यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो। अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्री नभएको सुन्तलाबाट स्थानीयस्तरमै जुस बनाएर बिक्री गरिरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बस्नेतले बताए। जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरे तापनि विशेष गरी सिस्ने गाउपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा व्यावसायिकरुपमा किसानले सुन्तला खेती गर्दै आएका छन्।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ९ : ४७ बजे

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५

साल्पा मेला भर्न गएका शिक्षकको कुटपिट गरेर हत्या, एकैगाउँका ११ जना समातिए

काठमाडौं- खोटाङबाट प्रसिद्ध धार्मिकस्थल साल्पा पोखरीमा मेला भर्न गएका एकजना

इरानद्वारा अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार

वासिङ्टन- इरानले अमेरिकी आक्रमणको जवाफमा जोर्डनमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित

बाढीसँगै बिलाए खरिदारमा नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष

चितवन– सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई