गाउँपालिकाद्वारा गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता « Khabarhub

गाउँपालिकाद्वारा गर्भवतीलाई स्वास्थ्य परीक्षण भत्ता


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

डुम्रे– तनहुँको ऋषिङ गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरेको हो ।

पालिकाभित्र गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । ‘गर्भवती अस्पतालसम्म पुग्न मान्दैनन्, आमा र बच्चा स्वस्थ जन्मिनुपर्छ, त्यसैले प्रोत्साहनका लागि प्रयास गरिएको हो’, उनले भने ।

गर्भवतीले स्वास्थ्य परीक्षण गराएबापत उक्त रकम तत्काल उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले बताए । गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा रहेको उनले बताए। निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने उनले बताए ।

यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्‍याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

चालु आर्थिक वर्षको बजेट ६० करोड रहेको गाउँपालिकाले जनाएको छ । त्यसमा आन्तरिक स्रोततर्फ एक करोड ६० लाख रहेको प्रवक्ता दरैले जानकारी दिए । उनका अनुसार गाउँसभामा पालिकाको कूल बजेट रु ६१ करोड ६० लाख रहेको छ ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  १२ : ५९ बजे

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु

एजेन्सी– पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको

वीरगञ्ज भन्सारबाट एक खर्ब ९९ अर्ब ४० करोड राजस्व संकलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका १० महिनामा एक

अमेरिकाविरुद्ध नेपालको उत्कृष्ट जित, कुशल भुर्तेलको शानदार शतक

काठमाडौं- कुशल भुर्तेलले शानदार शतक प्रहार गरेसँगै नेपालले अमेरिकालाई नौ

मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

जनकपुरधाम– मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी-एड्स सङ्क्रमित बिरामीको

पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द

एजेन्सी– अमेरिकाले पोल्याण्डमा थप सैनिक पठाउने योजना अचानक रद्द गरेपछि