बलात्कार प्रयासको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ | Khabarhub Khabarhub

बलात्कार प्रयासको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बुटवल– सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रूपन्देहीबाट पक्राउ गरेको छ । उनीलाई रूपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा लगि कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले कन्चन गाउँपालिका-४ बाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यस्तै, रूपन्देहीको सैनामैना नगरपालिका-६ की १५ वर्षीया बालिकालाई अभिभावक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा घरमा आई जबर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगमा छुने, चलाउने तथा जबर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीय मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोही समयमै २१ पुस नै पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  २ : ३६ बजे

माओवादीले डाकेको विपक्षीको बैठकमा रास्वपा गएन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

भक्तपुरमा कर्फ्यू : कुनकुन ठाउँमा हिँड्न पाइदैन ?

काठमाडौं – काठमाडौं, ललितपुर जस्तै भक्तपुर जिल्ला प्रशासन कार्यालयले समेत

उषाकिरणको आक्रोश– नानीहरूका हत्याराहरू एक मिनेट पनि सरकारमा बस्नु हुन्न

काठमाडौं– जेन–जी समूहले सोमबार गरेको आन्दोलनमा १९ जनाको मृत्यु भएको

जेन–जी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्‍याे : डा. डिला संग्रौला

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पेसागत बुद्धिजीवी विभाग प्रमुख

ग्राउन्ड जिरो : जेनजी प्रदर्शनको इपिसेन्टर बानेश्वरको दृश्य, जुन पहिलाभन्दा फरक थियो

काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार