बलात्कार प्रयासको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ « Khabarhub

बलात्कार प्रयासको आरोपमा रूपन्देहीबाट दुई जना पक्राउ


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बुटवल– सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रूपन्देहीबाट पक्राउ गरेको छ । उनीलाई रूपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाको घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती शौचालयमा लगि कञ्चन गाउँपालिका-३ का ३० वर्षीय राजेन्द्र अधिकारीले करणीको प्रयास गरेका थिए । उनलाई प्रहरीले कन्चन गाउँपालिका-४ बाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

यस्तै, रूपन्देहीको सैनामैना नगरपालिका-६ की १५ वर्षीया बालिकालाई अभिभावक नभएको मौका पारी साँझको समयमा आगो ताप्ने बहानामा घरमा आई जबर्जस्ती करणी गर्ने मनसायले बालिकाको संवेदनशील अंगमा छुने, चलाउने तथा जबर्जस्ती करणी गर्न खोज्ने २५ वर्षीय मधु सोमरेलाई सैनामैना नगरपालिकाको सुखौराबाट पक्राउ गरी जबरजस्ती करणी उद्योग कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

बालिकाको आमा विदेशमा भएको र घरमा बुबा पनि काममा गएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेको कुरा छिमेकी महिलालाई बताएपछि तुरुन्त प्रहरीलाई खबर भएकोमा उनलाई सोही समयमै २१ पुस नै पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय सालझन्डीमा राखी जबर्जस्ती करणी उद्योग कसुरअन्तर्गत म्याद थप भई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  २ : ३६ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि