सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने « Khabarhub

सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खारेज गरेको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको  सचिवालयले जनाएको छ । 

यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे पनि पारित नभई हटेको विधेयक संघीय सरकारले अगाडि बढाएको छ  । शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयले अगाडि बढाएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । 

सिंजा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गइसकेको र अब अन्य प्रक्रिया सुरु हुने छ । प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले नयाँ सरकारसँग पहल गरेर अगाडि बढाएका हुन् ।  

भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितको अन्तिम सङ्घारमा पुगेर पनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने सुखद् परिस्थिति सिर्जना भएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ३५ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि