सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने « Khabarhub

सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खारेज गरेको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको  सचिवालयले जनाएको छ । 

यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे पनि पारित नभई हटेको विधेयक संघीय सरकारले अगाडि बढाएको छ  । शुक्रबार प्रधानमन्त्री प्रचण्डले तोक लगाएपछि पर्यटन मन्त्रालयले अगाडि बढाएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । 

सिंजा विधेयक दर्ता भएर पर्यटन मन्त्रालयमा गइसकेको र अब अन्य प्रक्रिया सुरु हुने छ । प्रदेशसभामा जुम्लाबाट प्रतिनिधित्व गर्ने पूर्वसांसद नरेश भण्डारीले कर्णाली सभामा गैरसरकारी विधेयकको रुपमा दर्ता गराएका थिए । कर्णाली प्रदेशसभामा पारित हुन नसकेपछि पूर्व सांसद भण्डारीले नयाँ सरकारसँग पहल गरेर अगाडि बढाएका हुन् ।  

भण्डारीका अनुसार कर्णाली प्रदेश सभामा पारितको अन्तिम सङ्घारमा पुगेर पनि सामाजिक विकास समितिमा तुहाइएको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकले पुनर्जीवन प्राप्त गर्ने सुखद् परिस्थिति सिर्जना भएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ७ : ३५ बजे

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अरिजीत सिंह फ्यानहरूलाई बनाए निराश, छाडे प्लेब्याक गायन

मुम्बई- लोकप्रिय गायक अरिजीत सिंहले प्लेब्याक गायनबाट संन्यास लिएको घोषणा

उत्तरी गोरखामा हिमपात

गोरखा– जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ । आज

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता